काठमाण्डौ । युद्ध विमान बनाउने भारतको सरकारी कम्पनी हिन्दुस्तान एरोनोटिक्सको बजार पूँजीकरण अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । ‘तेजस फाइटर एयरक्राफ्ट’ बनाउने हिन्दुस्तान एरोनोटिक्सको सेयरमूल्यमा वृद्धि भएसँगै कम्पनीको बजार पूँजीकरण पहिलोपटक दुई लाख करोड भारु पुगेको छ । 

भारतको नेशनल स्टक एक्सचेञ्ज(एनएसई)मा सूचीकृत कम्पनीको सेयरमूल्य शुक्रबार ६ प्रतिशतले बढेको छ । यो वृद्धिसंगै कम्पनीको सेयरमूल्य ५२ साताको उच्च विन्दुमा पुगेको छ । एनएसईमा कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३०७८.८ भारु  पुगेको छ । 

ग्लोबल ब्रोकरेज फर्म यूबीएसले वाई रेटिङका साथ कम्पनी सेयरमूल्य ३६०० भारुमा पुग्ने प्रक्षेपण गरेको छ । हालै मात्रै हिन्दुस्तान एरोनोटिक्सले तेजस फाइटर एयरक्राफ्ट निर्माण गर्ने क्षमता वृद्धि गरेको छ । अहिले वर्षमा ८ वटा विमानको क्षमतालाई बढाएर १६ पुर्याएको छ । कम्पनीले यसलाई पनि बढाएर २४ बनाउने तयारी गरेको छ । यसका लागि बेङ्लोर र नासिकमा दुई वटा कारखाना निर्माण गरिएको छ । 

कम्पनीको बजार पूँजीकरण २००६२९.१६ करोड भारु पुगेको छ । 

-एजेन्सी