काठमाण्डौ । विगत डेड वर्षदेखि व्यावसायिक घराना वैक,इन्सोरेन्स,फाइनान्स तथा घरघरमा आइपर्ने मर्मत तथा सम्भार सम्बन्धी कार्य गर्दै आइरहेको हेरचार डटकम तथा राष्ट्रिय स्तरको अब्बल वित्तीय संस्था युनाइटेड फाइनान्स बीच सम्झौता भएको छ ।
डेढ वर्षको अन्तरालमा एक हजार भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गरिसकेको हेरचार डटकमले आफ्नो बजार विस्तारलाई आक्रमक रुपमा अगाडि बढाउनको लागि गरेको सम्झौता पत्रमा युनाइटेड फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले हस्ताक्षर गरे भने हेरचार डटकमका तर्फवाट प्रबन्धक उत्सव भट्टराईले हस्ताक्षर गरे । आज बिहीबारदेखि लागु हुने गरि उक्त सम्झौतामा युनाइटेड फाइनान्सका ग्राहकहरुले हेरचार डटकममार्फत गराउने मर्मत तथा सम्भार सम्बन्धी कार्यहरुको सेवा शुल्कमा दश प्रतिशत छुट पाउने कुरा उल्लेख गरिएको छ ।
छिटै नै बुटवल तथा हेटौडामा शाखा विस्तार गर्न लागेको हेरचारले काठमाण्डौ बाहिर पनि हेरचारको सेवालाई आक्रमक रुपमा विस्तार गर्न लागेको हेरचार प्रबन्धक भट्टराईले जानकारी दिए ।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago