काठमाण्डौ। युुरोप क्षेत्रले यो वर्ष सन् १९३० पछिकै सबैभन्दा ठूलो आर्थिक मन्दीको सामना गनुुपर्ने देखिएको छ।
युुरोपियन कमिसनले बुुधबार यो वर्ष युुरोपले सन् १९३० को महामन्दीपछिकै खराब मन्दीको सामना गर्नुुपर्ने जनाएको छ। युुरोपियन कमिसनले यो वर्ष कोरोना महामारीका कारण युुरोपको अर्थतन्त्रमा ७.४ प्रतिशतको संकुुचन आउने प्रक्षेपण गरेको छ।
युुरोपका देशहरुले लकडाउन लागू गरेपछि ईयूको कार्यकारीणी अंगका रुपमा रहेको युुरोपेली कमिसनले पहिलोपटक आफ्नो ताजा प्रक्षेपण सार्वजनिक गरेको हो। यसअघि लकडाउन लागू हुुनुुपूर्व अर्थात फे्ब्रुुअरी महिनामा कमिसनले यो वर्ष युुरोपको जीडीपीमा १.४ प्रतिशतको वृद्धि हुुने अनुुमान लगाएको थियो। “आर्थिक संकटभन्दा विश्वव्यापी अर्थतन्त्रमा तत्कालको नतिजा अत्यन्त गम्भीर हुुनेछ। तर प्रभावको गहिराइ, महामारीको विकास, सुुरक्षित तरिकाले आर्थिक गतिविधि पुुनः सुुचारु गर्ने हाम्रो क्षमता र त्यसपछिको अवधारणमा निर्भर रहनेछ”, आर्थिक मामिलाका उपाध्यक्ष भाल्दिस् डोमब्रोभकिसले भने।
यतिबेला युुरोपका सरकारहरु लकडाउनको लामो अवधिपछि प्रतिबन्धका उपायहकरुलाई हटाउने विषयमा योजना बनाइरहेका छन्। इटली, पोर्चुुगल, ग्रिस, जर्मनी र अस्ट्रियाजस्ता केही देशले आफूले लागू गरेका प्रतिबन्धहरु हटाउन सुुरु गरिसकेका छन्।
अर्थतन्त्र पनि विस्तारै सुुचारु भइरहेको छ। यसको अर्थ यी देशहरुको समग्र आर्थिक क्रियाकलाप अझै केही महिनासम्म प्रभावित बन्नेछ। “युुरोपले यतिबेला महामन्दीपछिकै सबैभन्दा धेरै झट्का महसुुस गरिररहेको छ। मन्दीको गहिराइ र पुुनरुत्थानको मजबुुती दुुवै असमान हुुने छन्। यस्तो विचलन एकल बजार र युुरो क्षेत्रका लागि खतराका रुपमा रहेको छ”, युुरोपेली युुनियनका कमिस्नार पाओलो गेन्टीलोनिले भने।
युुरोपेलि युुनियन यसबेला अर्थतन्त्रलाई पुुनर्जीवित गर्न लागिपरेको छ। पुुनरुत्थान कोष लागि प्रस्ताव केही दिनमै आउने अनुुमान गरिएको छ। गेन्टीलोनिले यो कोषको आकार १.६२ ट्रिलियन डलर हुुन सक्ने बताए।
कोरोनाबाट सबैभन्दा धेरै प्रभावित युुरोपेली देश इटलीको अर्थतन्त्रमा यो वर्ष ९.५ प्रतिशतको संकुुचन आउने प्रक्षेपण गरिएको छ। यो प्रक्षेपण यस क्षेत्रको दोस्रो ठूलो संकुुचन हो। पहिलो स्थानमा ग्रिस रहेको छ। जहाँको अर्थतन्त्रमा यो वर्ष ९.७ प्रतिशतको संकुुचन आउने अनुुमान गरिएको छ।
कमिसनले इटलीको उत्पादनमा यो वर्षको पहिलो ६ महिनामा १८ प्रतिशतको गिरावट आउने अनुुमान गरेको छ। तर बाँकी ६ महिनामा भने इटलीको अर्थतन्त्रमा वृद्धि हुुने अनुुमान गरिएको छ।
त्यस्तै कमिसनका अनुुसार यो वर्ष इटलीको ऋण जीडीपीको तुुलनामा १५८.९ प्रतिशतसम्म पुुग्नेछ। युुरोपको ग्रोथ इन्जिनका रुपमा रहेको जर्मनीको अर्थतन्त्रमा पनि यो वर्ष ६.५ प्रतिशतको गिरावट आउने प्रक्षेपण गरिएको छ। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago