काठमाण्डौ । युरोपियन युनियन (ईयू) मा युरोपेली मुलुकहरुमा चीनको लगानी प्रतिबन्ध गर्न माग गरिएको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार सिनियर जर्मन कन्जर्भेटिभ तथा युरोपियन संसदमा सेन्टर साइट राजनीतिकध समूह युरोपियन पिपल्स पार्टीका प्रमुख म्यानफ्रेड वेबरले चीन र ऊबाट हुने कम्पनीहरुमाथि टेकओभरमा अस्थायी प्रतिबन्ध लगाउन माग गरेका हुन्। उनले भने, ‘कोरोनाभाइरसका कारोबार समस्याग्रस्त छ, यस्तोमा चीनले मजबुरीको फाइदा उठाउन खोजिरहेको छ।’

वेबरले चीनबाट युरोपेली मुलुकहरुमा हुने लगानीमा १२ महिनासम्म प्रतिबन्ध लगाउनुपर्ने सुझाव दिए। ‘ता कि उसले कोरोनाबाट संकटमा परेको कुनै पनि उद्योग वा कम्पनी किन्न नपाओस्’, उनले भने, ‘हामीले अहिले देखिरहेका छौँ कि चीन सरकारको समर्थनमा चिनियाँ कम्पनीहरुले यहाँ थुप्रै उद्योग तथा कम्पनी किन्ने कोसिस गरिरहेका छन्।’

यदि चिनियाँ कम्पनीहरुले सफल भएमा यो संकटको घडीमा मजबुरीको फाइदा उठाउँदै उनीहरु सस्तैमा लगानी लगाउने वा कम्पनी तथा उद्योग खरिद गर्न सफल हुने वेबरले दाबी गरे। ‘अहिलेसम्म कोरोनाभाइरसको संकट हटेको छैन, त्यसैले यो संकट नहटेसम्म चीनमाथि प्रतिबन्ध लगाउनुपर्छ’, उनले भने, ‘हामीले हाम्रा युरोपेली देशहरुलाई बचाउनुपर्छ।’

वेबरले चीन भविष्यामा युरोपेली मुलुकहरुका लागि आर्थिक सामाजिक र राजनीतिकस्तरमा ठूलो प्रतिद्वन्द्वी हुने पनि बताए। ‘म चीनलाई युरोपको रणनीतिक प्रतिद्वन्द्वका रुपमा पनि हेर्छु’, उनले भने, ‘ऊ आफ्नो शक्ति विस्तार गरेर अमेरिकाको स्थान लिन खोज्दैछ। त्यसैले हामीले यो विषयलाई गम्भीर रुपमा लिन आवश्यक छ।’

गत महिना जर्मनीले यस्तै कदमउठाएको थियो। जर्मनीले गैरयुरोपेली मुलुकहरुले आफ्नो देशका कम्पनीहरु टेकओभर गर्ने नियमहरुमा कडाइ गरेको थियो।

त्यसो त छिमेकी मुलुक भारतले पनि चीन आउने लगानी अटोमेटिक रुटबाट बन्द गरिदिएको थियो। मतलब भारत सरकारको मन्जुरी विना चीनले कुनै लगानी गर्न सक्दैन। 

भारतलाई डर थियो कि कोरोनाभाइरसका कारण देशमा ठप्प रहेको कारोबार र मन्दीको फाइदा उठाउन चीनले कतै सस्तैमा त भारतीय कम्पनीहरु अधिग्रहण गर्न त सुरु गर्दैन। – एजेन्सी