काठमाण्डौ । गत मार्चमा युरोपमा कोरोनाभाइरस फैलिएको खराब आएपछि पर्यटकीय देश स्विट्जरल्यान्डको स्की सिजन बीचमै रोकिन पुग्यो। त्यतिखेर आल्प्स पर्वत शृंखला आसपास हिउँ पर्न थालिसकेको थियो।
त्यहाँका होटलहरु पनि रातारात खाली गरिए। केबल कार र पर्वतीय रेल सेवाहरु पनि जहाँको त्यहीँ रोक्न लगाइयो।
त्यसपछि स्विट्जरल्यान्डका मानिस पनि अल्पाइनमा स्किइङ गरेर मज्जा उठाउन सकेनन्। कोरोनाभाइरसका कारण त्यहाँको अल्पाइन समुदायलाई भारी आर्थिक नोक्सानीको सामना गर्नुपर्यो।
तर फेरि अब रिसोर्टहरु एकपटक खुलेका छन्। रेलमा यात्रा पनि खुलेको छ।
स्विट्जरल्यान्डको सरकारले २ मिटरको सामाजिक दूरी कायम गर्नुपर्ने दिशानिर्देश बनाएको छ। त्यस्तै रेलमा यात्रा गर्दा अनिवार्य मास्क लगाउन भनिएको छ।
स्विट्जरल्यान्डको पहाडी इलाकाहरुमा हिउँ पग्लिसकेको छ। तर अल्पाइन क्षेत्रका रिसोर्टहरुका आशा छ कि तीन महिनासम्म चलेको तनावपछि युरोपेली पर्यटकहरु स्वच्छ पर्यावरण र प्राकृतिक सुन्दरता मन पराउनेछन्। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19