काठमाण्डौ । युरोपेली सेयर बजारमा शुक्रबार एकाएक सुधार आएको छ। 

अमेरिकाको बढ्दो मुद्रास्फीतिका बाबजुद युरोपेली सेयर बजारमा सुधार आएको हो। खासगरी बेलायत सरकारले नयाँ कर प्रणाली खारेज गरेसँगै युरोपेली बजारमा नाटकीय सुधार आएको देखिन्छ। 

यो समचार तयार पारुन्जेल जर्मनीको ड्यक्स १ प्रतिशतले बढोत्तरी आएको छ भने फ्रान्सको क्याक ४० मा पनि १ प्रतिशतले नै बढेको छ। 

त्यसैगरी बेलायतको फुट्सी १०० पनि १ प्रतिशतले नै उकालो लागेको छ। 

बिहीबारको कारोबारमा यूएस स्टक मार्केट २ प्रतिशले बढोत्तरी आएको थियो। 

बढ्दो मुद्रास्फीतिका बाबजुद एसियाली सेयर बजारमा पनि सुधार आएको छ। यसरी विश्व बजारमा उछाल आउनुको एउटै कारण बेलायत सरकारले ४३ बिलियन पाउन्डबराबरको कर नीतिलाई उल्टाइदिएपछि विश्व बजारमा उछाल आएको हो। 

शुक्रबार कच्चा तेलको मूल्य पनि बढेको छ। –एजेन्सी