काठमाण्डौ । युरोपेली सेयर बजारमा मंगलबार पनि उछाल आएको छ।
लगानीकर्ताले विश्वको सुधारिँदो आर्थिक अवस्थालाई मध्य नजर गर्दै लगानी बढाउँदा युरोपेली सेयर बजारमा उछाल आएको हो। यो समचार तयार पार्दासम्म जर्मनको ड्याक्स बढेर १५८९० को विन्दुमा कारोबार भइरहेको छ। फ्रान्सको क्याक पनि ४८ अंकको बढोत्तरीसँगै ७५४७ पुगेको छ।
यसैगरी लन्डनको फुट्सी पनि १२ अंकले बढेर ७८९१ मा अन्तिम कारोबार भएको छ। इटालीको फुट्सी मिब पनि २५१ अंकले बढोत्तरीका साथै २७९४८ मा कारोबार भइरहेको छ।
एसियाली बजारमा भारतको सेन्सेक्स, जापनको निक्की र चाइनाको संघाईमा बढोत्तरी आएको छ। साउथ कोरियाको कोस्पी र हङकङको बजारमा गिरावट आएको छ।
यो समाचार तयार पार्दासम्म क्रिप्टोकरेन्सीहरुमा उछाल आएको छ। योसँगै क्रिप्टोकरेन्सी बीटीसी पुनः ३० हजार भन्दा माथि कारोबार भएको छ। एक्सआरपी, लाइटक्वाइन र इथेरियममा पनि उछाल आएको छ।
सोमबार अमेरिकाका अधिकांश बजारहरुमा बढेर बन्द भएका छन्। विश्व बजारमा सुन तथा चाँदीको मूल्यमा पनि बढोत्तरी आएको छ। –एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19