काठमाण्डौ । संयुक्त अरब इमिरेट्स (यूएई) पछि अब बहराइनले पनि गोल्डेन भिसा दिने घोषणा गरेको छ।
यो भिसाको मुख्य उद्देश्य बहराइनमा प्रतिभा र लगानी आकर्षित गर्नु हो। गोल्डेन भिसा खाडी देशहरुमा चलिरहेको आर्थिक प्रतिस्पर्धाको उदाहरण हो।
गोल्डेन भिसा प्राप्त गर्नेहरुले बहराइनमा विभिन्न प्रकारका सुविधा पाउनेछन्। जुन अन्य भिसाधारकहरुलाई उपलब्ध छैनन्।
खाडी देशहरुमा बस्ने र काम गर्ने विदेशीहरुसँग परम्परागत रूपमा सामान्य भिसा दिइन्छ। जुन केही वर्षका लागिमात्र मान्य हुन्छ। त्ययसपछि सम्बन्धित व्यक्तिले भिसा नवीकरण गराउनुपर्छ।
गोल्डेन रेसिडेन्सी भिसा बहराइनको आन्तरिक मन्त्रालयले जारी गर्नेछ। यो भिसा पाउनेले बहराइनमा अनिश्चितकालम्म बस्नका लागि योग्य हुने मन्त्रालयले जनाएको छ।
यसका साथै गोल्डेन भिसाधारकहरुलाई बहराइनमा असीमित प्रवेश र निकासको अधिकारसहित काम गर्ने अधिकार पनि हुनेछ। त्यस्ता भिसाधारकहरुले आफ्ना नजिकका परिवारका सदस्यलाई बिना कुनै रोकटोक बहराइन ल्याउन सक्छन्।
गोल्डेन भिसाको उद्देश्य के हो ?
गोल्डेन भिसा जारी गर्दै मन्त्रालयले बहराइनको निरन्तर सफलतामा योगदान पुर्याउन सक्ने लगानीकर्ता, उद्यमी र उच्च प्रतिभाशाली व्यक्तिहरुलाई आकर्षित गर्ने लक्ष्य राखेको जनाएको छ। वास्तवमा बहराइन गम्भीर आर्थिक संकटको सामना गरिरहेको छ। बहराइनमा ऋणको दबाब पनि लगातार बढिरहेको छ। गत वर्ष अक्टोबरमा बहराइनले धेरै पूर्वाधार परियोजनाहरुबाहेक नयाँ आर्थिक विकास र राज्यकोषको वित्तीय सन्तुलन योजनाको घोषणा गरेको थियो।
गोल्डेन भिसा पाउन कस्तो चाहिन्छ योग्यता ?
गोल्डेन भिसा प्राप्त गर्न सम्बन्धित व्यक्तिले कम्तीमा ५ वर्ष बहराइनमा बस्नुपर्नेछ। यसबाहेक ती व्यक्तिको मासिक औसत तलब कम्तीमा २ हजार बीएचडी हुनुपर्नेछ। यसका अलावा बहराइनमा एक निश्चित मूल्यभन्दा बढी सम्पत्तिको मालिक, सेवानिवृत्त र उच्च प्रतिभाशाली व्यक्तिहरु, जसले निश्चित मापदण्डहरु पूरा गर्छन्, ती पनि यो भिसा पाउन योग्य हुनेछन्।
भिसाकै एक प्रकार हो गोल्डेन भिसा
विभिन्न देशहरुले विभिन्न प्रकारका भिसा जारी गर्छन्। बिजनेस भिसा, स्टुडेन्ट भिसा, टुरिस्ट भिसा। यी सामान्य भिसा हुन्। यसबाहेक हरेक देशले आफ्नो आवश्यकताअनुसार भिसालाई फरक–फरक नाम दिन्छन्। तीमध्ये एक हो युएई र बहराइनको गोल्डेन भिसा। यो एक प्रकारको भिसा हो, जसले यूएई वा बहराइन भ्रमण गर्ने विदेशी नागरिकलाई सामान्य भिसाभन्दा बढी सुविधाहरु प्रदान गर्छ। –एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago