file photo
यूएई । संयुक्त अरब इमिरेट्स(यूएई)ले कामदार भिसाका लागि अनिवार्य गरेको चालचलनको प्रमाणपत्र(सर्टिफिकेट अफ गुड कण्डक्ट एण्ड बिहाबियर सर्टिफिकेट) तत्काल नचाहिने जनाएको छ ।
गत फेब्रुुअरी ४ तारिखबाट कामदार भिसाका लागि चालचलनको प्रमाणित प्रहरी प्रमाणपत्र हुनुपर्ने व्यवस्था अनिवार्य गरिएकोमा त्यसलाई १ अप्रील आइतबारदेखि अस्थायी रुपमा स्थगन गरिउको प्रष्ट्याएको हो ।
अबुुधाबीस्थित नेपाली राजदूतावासले समेत एक सूचनामार्फत यसको पुष्टि गरेको छ । दूताबासले युएई सरकारले आफ्नो मुलुकमा नयाँ कामदार भिसामा आउने विदेशी नागरिकहरुले फेब्रुुअरी ४ देखि लागू हुनेगरी गुड कण्डक्ट एण्ड बिहाबियर सर्टिफिकेट अनिवार्य रुपमा पेश गर्नुपर्ने नियम लागू गरेकोमा १ अप्रील २०१८ देखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि अस्थायी रुपमा यो प्रावधान हटाएको बताएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago