काठमाण्डौ । यूएईमा एक व्यक्तिले चिठ्ठामा अनौठो पुरस्कार हात पारेका छन्।
हामीलाई प्रायः लाग्न सक्छ कि चिठ्ठामा एकमुष्ठ सानोदेखि ठूलो रकम जित्ने गरिन्छ। तर, यूएईमा एक भारतीयले चिठ्ठामा २५ वर्षसम्म मासिक ठूलो धनराशि पाउने पुरस्कार जितेका हुन्।
ती युवक हुन् भारतका मोहम्मद आदिल खान। उनले चिठ्ठामा पहिलो फास्ट फाइभ पुरस्कार जितेका हुन्। जुन निकै खास छ।
यो चिठ्ठाअन्तर्गत आदिलले २५ वर्षसम्म मासिक २५ हजार दिरहम अर्थात लगभग भारुत साढे ५ लाख रुपैयाँ पाउनेछन्।
आदिल भारतको उत्तर प्रदेशको राजधानी लेखनाउका बासिन्दा हुन्। उनले आफूले यस प्रकारको पुरस्कार जित्ने सपनामा पनि नदेखेको बताउँछन्।
त्यसो त आदिलले पहिलोपटक चिठ्ठा किनेका थिए। तर, पहिलोपटक नै उनले यति ठूलो धनराशि मासिक रुपमा पाउने चिठ्ठा जिते।
आदिलले आफ्नो परिवारका लागि एउटा राम्रो घर किन्ने योजना बनाएका छन्। साथै, उनले राम्रो प्रतिफल पाउने क्षेत्रमा लगानी गर्ने सोच पनि बनाएका छन्।
आदिल सनु २०१८ मा साउदी अरबबाट दुबई पुगेका थिए। ‘प्रायः चिठ्ठामा एकमुष्ठ रकम प्राप्त हुन्छ तर मैले २५ वर्षसम्म मासिक रुपमा ठूलो रकम पाउने चिठ्ठा जितेको छु, यो मेराका लागि निकै खास छ’, स्थानीय सञ्चार माध्यमहरुलाई प्रक्रिया दिँदै आदिलले भने, ‘यो मेरो दोस्रो इनकम हुनेछ। जुन ठूलो लगानीको स्रोत बन्नेछ।’ –एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19