यूएई । नेपाली दूताबास युएइले नयाँ राजदुत पाएसँगै सेवालाई अझ मर्यादित बनाएको छ ।
एक हप्ताअघि मात्र कार्यालय समयका लागि सूचना अधिकारी तोकेको दूताबासले बिहीबारबाट नियोग उपप्रमुख सागरप्रसाद फुयाँललाई प्रवक्ता तथा द्वितीय सचिव विष्णुकुमारी अधिकारीलाई सहप्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी दिएको छ।
बुधबार मात्र दूतावासले एक सूचना जारी गर्दै कार्यालयको महत्वपूर्ण सूचना तथा जानकारीलाई ब्यबस्थित ढंगले प्रबाह गर्न यो कदम चलिएको जनाएको छ ।
यसअघि ४ दिन पहिला मात्र सम्पर्क व्यक्तिको रुपमा कर्मचारी पुष्कर लामा नियुक्त भएका थिए ।
यो दूतावासमा राजदूत कृष्णप्रसाद ढकाल आएपछि देखिएको पहिलो परिवर्तन हो । लामो समय राजदूतविहीन रहेको नियोगमा पछिल्लो समय कार्यबाहकको रुपमा आएका सागरप्रसाद फुयाँलले निकै सुधारका पहलहरु गरेका थिए ।
नियोगमा धेरैजसो नेपालीले गर्ने गरेको गुनासो भनेको बेलामा फोन नउठ्ने, कार्मचारीले आवश्यक जानकारी दिन झर्को मान्ने जस्ता रहेका छन् । यस्ता गुनासाहरुको समेत शीघ्र सम्बोधन हुने यहाँका नेपालीहरुको अपेक्षा छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19