-प्रकाश बञ्जारा
यूएई । सयुक्त अरब ईमिरेट्सको युएई एक्सचेञ्जले नयाँ वर्षको अवसर पारेर आफ्ना नेपाली ग्राहकलाई लखपति बनाउने योजना ल्याएको छ ।
“नयाँ वर्षको कामना मिलोस शान्ति, उमंग र सम्वृदि, युएई एक्सचेञ्जबाट पैसा पठाई बनौ लखपति” भन्ने नारासहित एक्सचेञ्जले आफूमार्फत हिमाल रेमिट र ग्लोबल आईएमईमा पैसा पठाउने ग्राहकमध्येबाट ३ जना भाग्यशाली ग्राहकलाई ६ लाख नेपाली रुपैयाँ दिने घोषणा गरेको छ।
योजना अन्तर्गत यही मार्च २५ तारिखबाट आगामी अप्रिल ३० तारिखसम्म ३५ दिन भित्र उक्त रेमिटमा रेमिट्यान्स पठाउने ग्राहक सरासर लक्कि ड्र मा सहभागी हुन पाउनेछ । जसमा भाग्यशाली १ जनालाई ३ लाख रुपैयाँ, दोस्रो १ जनालाई २ लाख रुपैयाँ र तेस्रो १ जनालाई एकलाख रुपैयाँ दिइने युएई एक्सचेञ्जको नेपालका लागि करिडोर बजारीकरण प्रमुख सन्तोष प्रसाईले बिजशालालाई बताए । प्रसाईका अनुसार नयाँबर्षका लागि ल्याईएको यो योजनाअन्तर्गत युएई एक्सचेञ्जका लागि यूएईमा रहेका १ सय ४८ शाखाबाट नेपालमा रहेको हिमालयन बैंक तथा हिमाल रेमिट तथा ग्लोबल आईएमई बैंक तथा आइएमई रेमिटमा पैसा पठाउने सबै ग्राहक अटोमेटिक लक्कि ड्र अर्थात भाग्यशाली चिठ्ठामा सहभागी हुनेछन् ।
युएईबाट नेपालमा सबैभन्दा बढी आफ्नो एक्सचेञ्जबाट पैसा जाने भएकाले नयाँ बर्षको अवसर पारेर आफ्ना नेपाली ग्राहकलाई नयाँ आभास दिलाउन यस्तो योजना ल्याएको प्रसाई बताउँछन् । “अघिल्लो पटक २१ जना ग्राहकलाई रिर्टन टिकट दिएका थियौं, ग्राहकहरुबाट अलिक सानो योजना भयो भन्ने सुझावहरु आए अनि ग्राहकको भावनालाई सम्बोधन गर्न यो योजना ल्याएका हौं।’–उनले थपे ।
नेपाली सबै तहका ग्राहकलाई सजिलो र भरपर्दो सेवा दिन युएई एक्सचेञ्जले आफ्ना सबै शाखामा गरी १ सय ३५ जना नेपाली कर्मचारी रहेको बताएको छ । युएई एक्सचेञ्जले हरेक महिना ३५ हजार भन्दा बढी ग्राहकले आफूमार्फत रेमिट्यान्स पठाउने गरेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago