काठमाण्डौ । बहुुमूल्य पहेँलो धातुु सुुन जोड्ने सबैको चाहना हुुन्छ । कतिले यो चाहना पूरा गर्न मेहनतको आम्दानी प्रयोग गर्दछन् भने कतिले अपराधको बाटो रोज्न पुुग्दछन् ।
नेपालमा बेलाबेला सुुन चोरीका सानाठूला घटना सार्वजनिक हुुने गर्दछन् । केही वर्षपहिले ३३ किलो सुुन चोरी भएको रहस्यमयी घटना आमजनताले अझै बिर्सेका छैनन् ।
छिमेकी मुुलुक भारतमा पनि एउटा यस्तै सुुन चोरीको घटना शनिबार सार्वजनिक भएको छ । घटना बिहार राज्यको हो । त्यहाँस्थित मुुथुुट फाइनान्स कम्पनीको शाखाबाट सातजनाको हतियारधारी समूहले करिब ५५ किलो ७०० ग्राम सुुन लुुटेको छ । लुुटिएको सुुनको मूल्य भारतीय बजारमा भारु २० करोड (नेरु ३२ करोड) बराबरको रहेको छ ।
मुथुट फाइनान्सले हालै मात्र नेपालको यूनाइटेड फाइनान्समा लगानी गरेको छ ।
लुुटको प्रतिकार गर्दा हतियारधारी समूहले कम्पनीका कर्मचारीहरु र दुईजना सुरक्षागार्डलाई मरणासन्न हुने गरी कुुटपिट गरेका छन् ।
सुन लुुट्ने क्रममा उक्त समूहले हतियारको सहाराले शाखा प्रमुुखलाई कब्जामा लिँदै त्यहाँ भएका सबैको मोबाइल नियन्त्रणमा लिएको थियो । अनि २० मिनेटभित्र सबै सुन लुुट्दै चोरहरु फरार भए ।
अझ रोचक त के भने घटना भएको स्थानभन्दा २० मिनेटको दूरीमा प्रहरीचौकी छ । त्यस्तै त्यति ठूलो परिमाणमा सुनको सुरक्षा गर्न त्यहाँ जम्मा दुईजना गार्डमात्रै परिचालित थिए ।
गार्ड रविन्द्र कुमारका अनुसार मध्याह्न करिब १२.३० बजे एउटा ग्राहक फाइनान्सभित्र छिर्यो । जब गार्डले पहिचानका लागि कागजात माग्यो तब त्यो ग्राहकले गार्डको गर्दन समातेर आफ्ना अरू साथीहरु पनि डाक्यो र आधा दर्जन हतियारधारीको समूुह मिलेर कम्पनी प्रमुुखको हात बाँधे र सबैको मोबाइल नियन्त्रणमा लिए र शाखा प्रमुुखको कक्षमा गएर ५० किलो ७०० ग्राम सुन सजिलै लुटेर फरार भए ।
कम्पनीकै एक कर्मचारीले प्रहरीलाई फोन गरेर चोरीको घटना बताएका थिए । फोनपछि घटनास्थल पुुगेको प्रहरीले शाखा प्रमुुखसहित सबै कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । सम्पूर्ण घटना सीसीटीभी क्यामेरामा कैद भएकोले आफूहरुले चाँडै लुटेराहरुलाई कानुुनको कठघरामा उभ्याउने प्रहरीको दाबी छ । अहिले चौतर्फी रुपमा उनीहरुको खोजी र छापा मार्ने काम भइरहेको बिहार प्रहरीले जनाएको छ ।
–एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago