काठमाण्डौ । युरोपको एउटा सानो देश लिथुुआनियाले चीनको अगुवाई भएको सीईईसी(चीन र मध्य–पूर्वी युरोपेली देशहरुबीचको सहयोग) बाट अलग हुने निर्णय गरेको छ । २८ लाखभन्दा कम जनसंख्या भएको लिथुुआनियाको यो निर्णयलाई चीनलाई प्रत्यक्ष चुनौति दिएको रुपमा हेरिएको छ ।
चीनले सन् २०१२ मा सहयोग फोरमको स्थापना गरेको थियो । यसलाई १७+१ पनि भन्ने गरिन्छ । लिथुुआनियाले आफूलाई यो फोरमबाट अलग गर्नुका साथै अन्य सदस्यहरुलाई समेत यसबाट बाहिरिन अपील गरेको छ ।
लिथुुआनियाका विदेशमन्त्री गेब्रिलियस ल्यान्डस्बर्गिसले समाचार एजेन्सी एएफपीलाई भने,‘लिथुुआनिया अब यो फोरमको सदस्य रहेन र अब यो पहलमा भाग लिने छैन ।’ उनले यो फोरमलाई विभाजनकारीको संज्ञा दिए । यसका साथै उनले युरोपेली संघका सदस्य देशहरुले मिलेर चीनसँग संवाद गर्नुपर्ने बताए ।
यस क्रममा उनले युरोपको शक्ति तथा प्रभाव उसको एकतामा रहेको बताए । लिथुुआनिया कयौँ महिनादेखि सीईईसीलाई सशंकित थियो ।
बाल्टिक टाइम्सका अनुसार सन् २०१९ मा लिथुुआनियाको स्टेट सेक्युरिटी डिमार्पमेन्टले नेशनल थे्रट असेसमेन्ट २०१९ रिपार्टमा चीनको आर्थिक तथा राजनितिक महत्वाकांक्षा लिथुुआनियाका अलावा अन्य नेटो तथगा युरोपेली संघका देशहरुमा बढीरहेको र चीनको जासुसी तथा सुरक्षा निकायका गतिविधिहरु तीव्र पारिरहेको विषय उल्लेख गरिएको थियो ।
दोस्रो तर्फ चीनको विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजियानले लिथुुआनियाको प्रश्नहरुको लामो उत्तर दिएका छन् । उनले चीनको यो सहयोग फोरम साना तिना घटनाहरुबाट प्रभावित नहुने बताएका छन् । लिजियानले भने,‘ चीन–सीईईसी सहयोग चीन तथा मध्य–पूर्वी युरोपका देशहरुको संयुक्त पहलमा स्थापित एक अन्तर–क्षेत्रीय सहयोग व्यवस्था हो । यो दुवैका लागि सहयोग र साझा विकासको हाम्रो आकांक्षाको प्रतिक हो । यो सुरु भएको नौ वर्षपछि चीन–सीईईसी सहयोगबाट राम्रो नतिजा प्राप्त भईरहेको छ र यसमा भाग लिने देशहरुका जनताहरुलाई यसबाट ठोस लाभ प्राप्त भएको छ ।’
लिजियानले चीनले सधै यो व्यवस्थालाई चीन–युरोप समबन्धहरुका लागि एक उपयोगी र महत्वपूर्ण माध्यमका हेर्ने गरेको र अन्य देशहरु तथा अन्तराष्ट्रिय संगठनहरुका साथ यसको सहयोगकलाई स्वागत गर्ने गरेको बताए ।
के हो सीईईसी ?
चीनले सन् २०१२मा मध्य तथा पूर्वी युरोपेली देशहरुसँग सहयोग बढाउने अभिप्रायका साथ यो फोरमको सुरुवात गरेको थियो । लिथुुआनिया हटेपछि अब यसमा अल्बानिया, बोस्नीया एण्ड हर्जेगोविना, बुल्गेरिया, क्रोयसिया, चेक गणतन्त्र, एस्टोनिया, ग्रिस, हंगेरी, लात्भिया, नर्थ मेसेोडोनिया, मोन्टेपनिग्रो, पोल्याण्ड, रोमानिया, सर्बिया, स्लोभाकिया तथा स्लोभेनिया समावेश छन् ।
सन् २०१२ मा पोल्याण्डको वार्समा यसको गठन भएको थियो । यसपश्चात प्रत्येक वर्ष यसको शिखर सम्मेलन भिन्न–भिन्न देशमा हुँदै आईरहेको छ । कोरोनाका कारण सन् २०२० मा यसको शिखर सम्मेलन हुन सकेको थिएन ।
व्यापार तथा लगानीलाई बढावा दिनका लागि चीनको अर्काे एउटा परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभलाई पनि सीईईसीको माध्यमबाट बढावा दिने प्रयास गरिदैँ आएको छ । सीईईसीअन्र्तगत सर्बियाको इ७६७ हाईवे प्रोजेक्ट सुरु भएको छ । यसको अलावा बुडापेस्ट–बेलग्रेड रेलवे र ची–युरोप ल्याण्ड–सी एक्सप्रेस लाइनमाथि पनि यसका माध्यमबाट काम सुरु भएको छ । यस्तै कयौँ अन्य सदस्य देशहरुमा कयौँ परियोजनाहरु प्रस्ताव गरिएका छन् । चीनको वाणिज्य मन्त्रालयका अनुसार सन् २०१६ मा चीन र सीईईसीका बीच व्यापार बढेर ५८.७ अर्ब डलर पुुगेको छ । जबकि सदस्य देशहरुमा चीनको लगानी ८ अर्ब डलरभन्दा पनि बढी पुुगेको छ ।
चीनको अडान र लिथुुआनियाको निर्णय
उसो त विदेश मन्त्रालयले आफ्नो तर्फबाट लिथुुआनियाको मामिलामा कुनै पनि कडा टिप्पणी गरेको छैन । तर चीनको सरकारी अखबार ग्लोबल टाइम्सले जानकारहरुलाई उद्धृत गर्दै लिथुुआनियामाथि अमेरिकाको दवाब रहेको लेखेको छ ।
लिथुुआनियाको निर्णयको चीन तथा अन्य युरोपेली संघका बीच बिग्रदो सम्बन्धसँग जोडेर समेत हेरिएको छ । युरोपेली संघका साथ–साथै लिथुुआनियाले पनि चीनमा वीगर मुस्लिमहरुमाथि प्रताडित गरेको मुद्दा उठाएको छ ।
गत साता युरोपेली संसदले चीनसँग युरोपेली संघको लगानी सम्झौतालाई पुष्टि गर्नका लागि विधायकी प्रक्रियालाई फ्रिज गर्नका लागि भारी मतदान गरेको थियो । युरोपेली संसदले भनेको छ कि जबसम्म चीन युरोपेली संघका सांसदका विरुद्धका प्रतिबन्धहरु हटाउदैन तबसम्म यसमाथि रोक जारी रहिरहन्छ ।
युरोपेली संघले वीगर मुश्लिमहरुको मुद्दालाई लिएर शिनजियांग प्रान्तका आधिकारीहरुमाथि प्रतिबन्ध लगाएको छ । त्यसैको प्रतिक्रिया स्वरुप चीनले पनि युरोपेली संघका सांसदहरुमाथि प्रतिबन्ध लगाएको छ ।
चीनले सम्बन्ध बिग्रनुको जिम्मेवार युरोपेली संघ रहेको आरोप लागाएको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ताले गत शुक्रबार दिएको बयानमा युरोपेली संघको भावनात्मक प्रतिक्रियामा कम र तर्कसंगत सोचमा अधिक ध्यान दिन आवश्यक रहेको बताएका थिए । उनले इर्युुले आफ्नो हितमा सही निर्णय लिनुपर्ने बताएका थिए ।
चाइना इन्स्टिच्युुट अफ इन्टरनेशनल स्टडीजमा युरोपीय स्टडीज डिर्पामेन्टका निर्देशक कुुई होंगजियानले ग्लोबल टाइम्सलाई भने,‘ राजनितिक तथा सुरक्षाको मुद्दामा लिथुुआनियालाई सोभियत संघ तथा आजको रुसलाई लिएर केहि भय रहेको छ । त्यसैले जब चीन र रुस राणनितिक रुपबाट एक अर्काको नजिक आईरहँदा, लिथुुआनिया भयका कारण चीनबाट दुरी कायम गरिहरहेको छ ।’
तर लिथुुआनियाले फोरमका सदस्य हुनुका बाबजुत चीनका विरुद्ध कयौँ निर्णयहरु गरेको थियो । जसलाई लिएर चीनले आपत्ति जनाएको थियो ।
हालै चीनलाई लिएर लिथुुआनियाको संसदले एउटा प्रस्ताव पारित गरेको थियो । जसमा चीनमा वीगर मुसलमानहरुसँग भईरहेको व्यवहार मानवताका विरुद्ध भएको अपराधीको श्रेणीमा आउने उल्लेख गरिएको थियो । यतिमात्रै नभई ताइवान लाई लिएर लिथुुआनियाले गरेको निर्णयका कारण चीनको विदेश मन्त्रालयले कडा आपत्ति जनाएको थियो । लिथुुआनियाले मार्च महिनामा ताइवानसँग व्यापार बढाउनका लागि त्यहाँ व्यापार प्रतिनिधि कार्यालय स्थापना गर्ने घोषणा गरेको थियो । चीनले एक चिनीया नितिका आधारमा ताइवानलाई आफ्नो हिस्सा मान्ने गर्दछ र उ ताइवानसँग अन्य कुनै देशले प्रत्यक्ष व्यवसायिक सम्बन्ध स्थापित गरोस् भन्ने चाहदैन ।
-एजेन्सीहरुको सहयोगमा
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago