काठमाण्डौ । साताको पहिलो कारोबारमा युरोपियन सेयर बजारमा उछाल आएको छ ।
स्टक्स ६०० अगष्ट ९ पछिकै उच्च विन्दु ४५९मा पुगेको छ । खासगरी युरोपियन सेयर बजारमा टेक्नोलोजी क्षेत्रले लिड गरेको छ ।
यसको साथै जर्मनको ड्याक्स, लण्डनको फुट्सी, फ्रान्सको क्याकमा पनि बढोत्तरी आएको छ । इटलीको फुट्सी मिबमा भने सामान्य अंकले गिरावट आएको छ । यसरी बढ्नुको कारण भने अमेरिकामा रोजगारीको अवसर बढी बेरोजगारीको संख्या घट्नु रहेको अन्तराष्ट्रिय समचार संस्थाहरुले जनाएका छन् ।
साताको पहिलो कारोबारमा एसियन बजारमा पनि हरियाली छाएको छ । जापानको निक्की, दक्षिण कोरियोको कोस्पि, हङकङ र चाइनाको सेयर बजारमा पनि उछाल आएको छ ।
एसियाकै बजारमा भारतको सेन्सेक्स पनि बढेर बन्द भएको छ । विश्वबजारमा क्रिप्टोकरेन्सीमा भने गिरावट आएको छ । यसको साथै अमेरिकी सेयर बजारमा डाउजोन पनि १ सय अंकले बढेर कारोबार भइरहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago