काठमाण्डौ । कोरोना भाइरसको संक्रमणबाट ग्रसित यूरोप र अमेरिकाको अवस्थामा तीव्र सुधार हुन थालेको छ ।
शनिवारदेखि त्यहाँ सुरु भएको सुधारको श्रृंखला आइतबार समेत जारी रह्यो ।
दुई दिनअघि अमेरिकामा सर्वाधिक धेरै एकैदिन २ हजार बढी कोरोना संक्रमितले ज्यान गुमाएका थिए ।
हिजो त्यहाँ ज्यान गुमाउनेको संख्या केही घटेर १८३० मा सीमित बन्न पुगेको थियो ।
आइतबारको दिनको १६ घण्टामा भने अमेरिकामा कोरोना भाइरसबाट मर्नेको संख्या ११०० हाराहारीमा सीमित बन्न पुगेको छ । पूरा दिन बित्दा यही रफ्तारको मृत्युको केश थपिए पनि हिजोको तुलनामा आइतबार अमेरिकामा मर्नेको संख्या कम हुने देखिन्छ ।
अमेरिकी समयअनुसार आइतबार अपरान्ह ४ बजेसम्म १८ हजार हाराहारी नयाँ संक्रमित फेला परेका छन् । शनिवार यहाँ ३० हजार बढी संक्रमित थपिएका थिए ।
अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ हजार नजिक पुगेको छ भने कुल संक्रमितको संख्या ५ लाख ५१ हजार माथि उक्लिएको छ ।
स्पेन र इटलीमा तीव्र सुधार
पछिल्लो समय स्पेन र इटलीमा उदाएको आशाको किरण मजबुत बन्दै गएको छ ।
पछिल्ला दिनहरुको अवस्था हेर्दा कोरोना संक्रमणबाट सबैभन्दा धेरै प्रभावित यी दुई मुलुकको अवस्थामा व्यापक सुधार हुन थालेको छ ।
आइतबार स्पेनमा ३६६ संक्रमितको मात्र मृत्यु भयो भने इटलीमा ४३१ ले मात्र ज्यान गुमाए । यो दिन स्पेनमा ३ हजार हाराहारीमा मात्रै संक्रमित थपिएका छन् भने इटलीमा ४ हजार संक्रमित थपिएका छन् । नयाँ संक्रमित थपिने मामलामा पनि दुवै देशमा तीव्र सुधार हुन थालेको देखिएको छ ।
फ्रान्स र जर्मनीमा पनि सुधार
फ्रान्समा समेत तीव्र गतिमा बढिरहेको मृत्युको घटनामा कमी आएको छ । फ्रान्समा आइतबार ५६१ संक्रमितको मात्र मृत्यु भएको छ । यो दिन फ्रान्समा २९०० हाराहारी मात्रै नयाँ संक्रमित भेटिए ।
शनिवार फ्रान्समा ६३५ संक्रमितले ज्यान गुमाएका थिए भने ४७०० बढी नयाँ संक्रमित भेटिएका थिए ।
जर्मनीको अवस्थामा पनि सुधार हुन थालेको छ । आइतबार यहाँ ९० संक्रमितको मात्र मृत्यु भयो । १५०० हाराहारीमा मात्रै नयाँ संक्रमित भेटिए ।
शनिवार जर्मनीमा १३५ व्यक्तिको मृत्यु भएको थियो भने ३२०० बढी नयाँ संक्रमित थपिएका थिए ।
बेलायतमा समेत कोरोना संक्रमितको मृत्यु संख्या केही घटेको छ । शनिवार यहाँ ९१७ संक्रमितले ज्यान गुमाएकामा आइतबार भने ७३७ ले मात्र ज्यान गुमाए । यहाँ नयाँ संक्रमित थपिने दरमा भने व्यापक सुधार हुन सकेको छैन ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago