काठमाण्डौ । भारतको टाटा समूहको यो कम्पनीको सेयरले लगानीकर्तालाई मालामाल बनाएको छ। 

टाटा समूहको टाइटन कम्पनीको सेयरले लगानीकर्तालाई मालामाल बनाएको हो। यो सेयर भारतका ‘बिग बुल’ राकेश झुनझुनवालाको मनपर्ने सेयर थियो। उनको निधन भइसकेको हाल यो कम्पनीको सेयर उनकी पत्नी रेखा झुनझुनवालाको पोर्टफोलियोमा समावेश रहेको छ। 

विगत एक वर्षमा यो कम्पनीको सेयर १२०० रुपैयाँले बढिसकेको छ। एक वर्षअघि १८०० रुपैयाँ रहेको यो कम्पनीको सेयरभाउ अहिले ३००० रुपैयाँभन्दा माथि कारोबार भइरहेको छ। बुधबारको यो कम्पनीको सेयर ३०२४ रुपैयाँमा अन्तिम कारोबार भएको छ। जुन ५२ साताको उच्च स्तर पनि हो। 

टाइटन कम्पनीको सेयरले लगानीकर्तालाई अहिले १ लाख प्रतिशतभन्दा बढीको रिटर्न दिइसकेको छ। सन् २००३ मे २३ मा यो कम्पनीको सेयरभाउ केवल २.९८ रुपैयाँ थियो। अहिले यो कम्पनीको सेयरभाउ ३०२४ रुपैयाँ भएको छ। यस हिसाबले यो कम्पनीको सेयरभाउ करिब २० वर्षमा १०१४०८ प्रतिशतले बढिसकेको छ। 

यदि कोही लगानीकर्ताले सन् २००३ मे २३ मा यो कम्पनीको सेयरमा १ लाख रुपैयाँ लगानी गरेर राखेको छ भने आजको मिति उक्त लगानी १० करोड १४ लाख रुपैयाँ भएको छ। यदि यसमा अहिलेसम्म बोनस सेयर पनि समावेश गर्ने हो भने ती व्यक्तिको सम्पत्ति योभन्दा पनि बढी हुन सक्छ। 

टाइटन कम्पनीमा रेखा झुनझुनवालाको ठूलो हिस्सेदारी रहेको छ। अहिले उनीसँग ४ करोड ६९ लाख ४५ हजार ९७० कित्ता रहेको छ। –एजेन्सी