काठमाण्डौ । प्रायः कुनै पनि कम्पनीमा मालिकका विरुद्ध बोल्ने कर्मचारीहरु धेरै नै हुन्छ। तर यस्ता कर्मचारी पनि छन् आफ्ना मालिकको गुणगान भगवानभन्दा माथिल्लो स्तरमा राखेर गर्छन् भन्दा नपत्याउनुहोला।
बेलायतमै एक यस्ता मालिक छन्, जसले कम्पनीको नाफाबराबरको सेयर कर्मचारीहरुलाई बाँडे। ती मालिककै कारण उक्त कम्पनीमा कार्यरत धेरैजसो कर्मचारीले अहिले करोडपति बनिसकेका छन्।
आफ्नो कर्मचारीहरुलाई सेयर दिएर करोडपति बनाउने मालिक हुन्, म्याथ्यू मोल्डिङ। र, उनको कम्पनीको नाम हो द हट ग्रुप। म्याथ्यूले कम्पनीको मुनाफा १३ हजार ९२.८ करोड रुपैयाँबराबरको सेयर आफ्ना कर्मचारीलाई बाँडेका छन्।
कम्पनीले बाई बैंक स्किमअन्तर्गत कर्मचारीहरुलाई नाफाबराबरको सेयर वितरण गरेको हो। यो स्किमको फाइदा कम्पनीका सामान्यदेखि ठूला अहोदासम्मका कर्मचारीलाई भएको छ।
म्याथ्यूकी पर्सनल असिस्टेन्टले कम्पनी मालिकले उपलब्ध गराएको सेयर बिक्री गर्ने हो भने आफू ३६ वर्षको उमेरमै रिटायर्डमेन्ट लिएर आरामदानी जीवनयापन गर्न सक्ने बताइन्।
कम्पनीका मालिका म्याथ्यूले आफ्नो व्यापारबारे बजारमा चर्चा चलेकै कारण कम्पनीको सेयरमूल्यमा उछाल आउने अनुमान गरेको बताए। ‘जब कम्पनीको सेयरमा उछाल आयो तब मैले नाफाबराबरको सेयर कर्मचारीहरुलाई बाँडिदिएँ’, उनले भने।
द हट ग्रप एउटा ई–कमर्स बिजनेस हो। जिमका शौखिन ४८ वर्षीय म्याथ्यू आफ्नो शानदार पार्टी, आफ्नो प्रोटिन सेक्स र आफ्नो ब्रान्डहरुको ब्युटी प्रोडक्टहरुका लागि प्रायः चर्चामा रहने गर्छन्। ठूला व्यापारीमाझ म्याथ्यूको निकै लोकप्रियता छन्।
म्याथ्यूले सन् २००४ मा जोन ग्ल्यामरका साथ द हट ग्रुप स्थापना गरेका थिए। यो कम्पनी विश्वरका १६४ देशमा काम गरिरहेको छ।
यो वर्ष सेप्टेम्बरमा नै म्याथ्यूलाई फोब्र्सले अर्बपतिहरुको सूचीमा पहिलोपटक समावेश गरेको छ। – एजेन्सी
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago