काठमाण्डौ । अमेरिकामा काला जातिका एक पुरुषको प्रहरी हिरासतमा मृत्यु भएपछि रंगभेदको मुद्दाले विश्वभर चर्चा भइरहेको छ।
यो मुद्दाले विभिन्न सामाजिक सञ्जालहरुको आम्दानी ह्वात्तै घटाइदिएको छ। अहिलेसम्म करिब ९० वटा कम्पनीहरुले सामाजिक सञ्जालमा आफ्नो विज्ञापन बन्द गरिसकेका छन्।
यसमा सबैभन्दा धेरै नोक्सान फेसबुकलाई भएको छ। फेसबुकका आलोचकले सधैँ आरोप लगाउँदै आइरहेका छन् कि फेसबुक समाजमा घृणा फैलाउने विषयलाई रोक्न असर्मथन रहने गर्दछ।
यस्तैमा फेसबुकलाई अर्काे झट्का लागेको छ। अब बहुराष्ट्रिय कम्पनी युनिलिभरले पनि फेसबुकमा आफ्नो विज्ञापन बन्द गर्ने तयारी गरेको छ।
पछिल्ला केही सातादेखि ९० वटा कम्पनीहरुले फेसबुक, इन्टाग्राम र ट्विटरमा आफ्नो विज्ञापन बन्द गर्ने घोषणा गरेका थिए। यसबाट सामाजिक सञ्जालहरुको आम्दानीमा व्यापक कमी आएको छ। डब साबुन र हेलमन मेयोनेजजस्ता प्रमुख उपभोक्ता कम्पनीहरुले फेसबुकको विज्ञापनमा रोक लगाउने निर्णयलाई अन्य कम्पनीहरुले पनि पछ्याइरहेका छन्।
कम्पनीहरुको यस्तो निर्णयको प्रभाव फेसबुकको सेयरमूल्यमा समेत परेको छ। यो खबर फैलिएपछि फेसबुकको सेयर मूल्यमा ८.३ प्रतिशतको गिरावट आएको छ। जसका कारण फेसबुकको मार्केट भ्याल्युमा ५६ अर्ब डलरको नोक्सान पुग्न गएको छ।
त्यस्तै कोकाकोलाले पनि सबै समाजिक प्लेटफर्ममा आफ्नो विज्ञापनलाई ३० दिनसम्म रोक लगाउने निर्णय गरेको छ। विज्ञापनमा रोक लगाउने सिलसिलालाई होन्डा र अन्य साना ब्राण्डहरुले पनि सर्मथन गरेका छन्।
गत शुक्रबार फेसबुकका कार्यकारी प्रमुख मार्क जुकरबर्गले कर्मचारीसँगको प्रत्यक्ष कुराकानीका क्रममा कम्पनीको विज्ञापन र सामग्री नीतिमा केही परिर्वतन गर्ने घोषणा गरेका थिए। तर उनको यो घोषणाले गुनासो पोख्ने कम्पनीहरुको आक्रोशलाई शान्त गर्न सकेन।
विज्ञापन बहिष्कारको नेतृत्व गर्ने सिभिल राइट्स समूहले फेसबुकले पहिले पनि यस्तै गरी क्षमा माग्ने गरेको र ठोस कदम चाल्ने विषयमा सधैँ चुक्दै आएको जनाएको छ। यो समूहले अब यस विषयमा गम्भीर भएर सोच्ने बेला आएको र लगाम लगाउन आवश्यक रहेको जनाएको छ।
यस विषयमा फेसबुक ट्विटरभन्दा कम आक्रामक भएको दाबी गरिएको छ। फेसबुकले पहिले नै कोरोनाको महामारीका कारण कम्पनीहरुले विज्ञापनमा कम खर्च गरिरहेको भनेर चेतावनी दिएको थियो। अहिले फेसबुकलाई खर्चमा कटौती र नश्लीय अन्यायका बारेमा आम मानिसको चिन्ताको दबाब परेको छ।
सिभिल राइट्स गुप्रले घृणायुक्त अभिव्यक्तिमाथि रोक लगाउन फेसबुकको विज्ञापनमा रोक लगाउन अपिल गरेसँगै विश्वका कम्पनीहरुले यसलाई सर्मथन गरिरहेका छन्। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago