काठमाण्डौ । अमेरिकी बहुराष्ट्रिय कम्पनी कोकाकोलाको भारतीय इकाईले रक्सीजन्य पेय बनाउन सुरु गरेको छ ।
कम्पनीले पहिलो पटक आफ्नो पहिलो रक्सी लेमन–दोउ भारतमा लन्च गरेको हो ।अमेरिकी पेय उत्पादक कम्पनी कोकाकोलाको भारतीय इकाईले केहि राज्यमा यो पेयको सुरुवाती परीक्षण सुरु गरेको छ ।
यसमा ब्रान्डी र भोड्का जस्तै खालको डिष्टिल्ड रक्सी सोजु र कागतीको मिश्रण भएको बताइएको छ । यो अल्कोहोलिक रेडी टू ड्रिङ्क पेय हो ।
गोवा र महाराष्ट्रमा यो पेयको परीक्षण भइरहेको इन्डिया टाइम्सले आफ्नो वेबसाइटमा समाचार छापेको छ । २५० एमएलको लेमन–दोउको मूल्य गोवामा १५० र महाराष्ट्रमा २३० भारु छ ।
हुन त भारतमा कम्पनीको नन–अल्कोहोलिक रेडी टू ड्रिङ्क पेय बनाउने छुट्टै कारखाना छ । यो पेय छुटै कारखानामा बनाएर बजारमा वितरण गरिएको पनि कम्पनीले बताएको छ ।
कम्पनीको वेबसाइटमा उल्लेख भएअनुसार लेमन डोउ कागती र रक्सीको मिश्रणबाट बनाइन्छ । इन्टरनेशनल स्पिरिट्स एण्ड वाइन एशोसिएशन अफ इन्डियाको प्रतिवेदनले भारतको मदिराजन्य पेय पदार्थको बजार आगामी पाँच वर्षमा ६४ बिलियन डलर पुग्ने अनुमान गरेको छ ।
सन् २०२१ मा यसको आकार ५२ अर्ब ४० करोड डलर थियो । कम्पनीले यसअघि पनि कतिपय अन्तररराष्ट्रिय बजारमा रक्सीजन्य पेय पदार्थ बिक्री गरिरहेको छ।
कम्पनीले जापान र भारतमा बाहेक चाँडै नै चीन र फिलिपिन्समा पनि लन्च गर्ने तयारी गरिरहेको छ । कम्पनीले पेर्नोड रिकार्डसँगको सहकार्यमा सन् २०२४ सम्ममा स्प्राइटसँग मिश्रित एब्सोलुट भोडका बनाउने योजना पनि बनाइरहेको छ।
पछिल्लो समय कम्पनीले आफ्नो पोर्टफोलियोमा यस्ता पेयको हिस्सा बढाइरहेको छ । -एजेन्सीहरु
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19