काठमाण्डौ । भारतको प्रसिद्ध टाटा ग्रूपको सहायक कम्पनीको रुपमा रहेको टाइटन कम्पनीको सेयरमूल्य वित्त वर्ष सन् २०२३ को हालसम्ममा ३० प्रतिशतभन्दा बढीले बढेको छ ।
सन् २०१९ मार्च २८ मा कम्पनीको बजार पूँजीकरण १ लाख करोड भारु रहेको थियो । यसपछि अर्को १८ महिना भित्र अर्थात् अक्टोबार ७, २०२१ मा कम्पनीको बजार पूँजीकरण दोब्बर अर्थात् २ लाख करोड भारु पुग्यो । टाटा समूहको कम्पनीले करिब दुई वर्षको अन्तरालपछि ३ लाख करोड भारुको बजार पूँजीकरण हासिल गरेको छ ।
मंगलबार मात्रै कम्पनीको सेयरमूल्यले कीर्तिमानी तोड्दै लाइफटाइम उच्चाई हासिल गरेको छ ।कम्पनीकोे सेयरमूल्य १.५ प्रतिशतभन्दा बढीले बढेर प्रतिकित्ता ३ हजार ४०१ भारु पुगेको छ ।
त्यसपछि कम्पनीको बजार पूँजीकरण पनि ३ लाख करोड भारु नाघेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकी ऋणपत्रमा आएको गिरावटका कारण चाडपर्वअघि सुनको भाउमा गिरावट आएसँगै ज्वेवलर्सबाट सुनको माग वर्षेनी ६० प्रतिशतले बढेको छ ।
टाटा समूहको दोस्रो सबैभन्दा मूल्यवान कम्पनी
कम्पनी सेयरमूल्य यो वर्ष हालसम्म ३० प्रतिशतभन्दा बढीले बढीसकेको छ । टाइटन भारतको सबैभन्दा मूल्यवान कम्पनीहरूमा १८ औं स्थानमा छ। यो टाटा समूहको पोर्टफोलियोमा भने दोस्रो सबैभन्दा मूल्यवान कम्पनी हो।
झुनझुनवालाको ५ प्रतिशतभन्दा बढी सेयर
विगत दुई दशकदेखि कम्पनीमा सेयर राखेका लगानीकर्ता स्वर्गीय राकेश झुनझुनवालाको पोर्टफोलियोको महत्वपूर्ण हिस्सा टाइटनको सेयर हो। उनको टाइटनमा प्रारम्भिक लगानी २० रुपैयाँदेखि ४० रुपैयाँसम्मको स्टकमा भएको थियो ।
गत सेप्टेम्बर त्रैमासिकको शेयर होल्डिङ ढाँचाअनुसार अहिले उनकी श्रीमती रेखाको नाममा रहेको टाइटनमा स्वर्गीय राकेश झुनझुनवालाको स्वामित्व ५.३७ प्रतिशत रहेको छ । हालको बजार मूल्यको आधारमा, यो हिस्सेदारी १६हजार करोड भारुभन्दा बढीको छ।
सेयर बजारमा कम्पनीको सेयर
बजार सञ्चालक बीएसईबाट प्राप्त तथ्यांक अनुसार मंगलबार कम्पनीको सेयर १.४४ प्रतिशतले बढेर ३ हजार ३९४.१५ भारुमा बन्द भएको छ । जबकि कारोबार सत्रमा कम्पनीको सेयरमूल्य ३ हजार ४०० भारुमा लाइफटाइम हाइ भएको थियो । एक दिनअघि कम्पनीको शेयर ३ हजार३४५.८५ रुपैयाँमा थियो ।
बजार बन्द भएपछि कम्पनीको बजार पूँजीकरण ३ लाख १ हजार ३२७.९४ पुगेको छ । लगानीकर्ताहरुका अनुसार अवको केहि समयमा नै कम्पनीको सेयरमूल्य ३ हजार ९०० भारु नाघ्न सक्छ ।उक्त कम्पनीले ज्वेलरीदेखि जुत्ता उत्पादन गरी विश्वबजारमा बिक्रीवितरण गर्दै आएको छ ।-एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago