काठमाण्डौ । आईफोन र आईप्याड बनाउने अमेरिकाको अग्रणी टेक कम्पनी एप्पलले भारतमा पूर्ण रुपमा प्रवेश गरेको छ। कम्पनीले पहिले नै भारतमा आईफोन उत्पादन सुरु गरिसकेको छ र अब देशमा आफ्नो पहिलो स्टोर खोलेको छ। कम्पनीले नयाँ दिल्लीमा आफ्नो दोस्रो स्टोर खोल्ने भएको छ। 

एप्पल बजारपुँजीको हिसाबले विश्वको सबैभन्दा ठूलो कम्पनी हो। यसका उत्पादनहरु विश्वभरका मानिसहरुले उत्सुकतापूर्वक पर्खिरहेका छन्। गत वर्ष जनवरीमा यसको मार्केट क्याप ३ ट्रिलियन डलर नाघेको थियो। हाल यसको मार्केट क्याप २.६३३ ट्रिलियन डलर छ। जुन विश्वका धेरै देशहरुको जीडीपीभन्दा बढी हो। 

यदि कसैसँग यसको १ प्रतिशत पनि शेयर छ भने ऊ २६ अर्ब डलर मालिक हुनेछ। कल्पना गर्नुहोस् कि कसैले एप्पलको १० प्रतिशत सेयरको स्वामित्व लिएको छ र यसलाई ८०० डलरमा बेचेको छ। त्यो अभागी मानिसले आज आफ्नो निर्णयमा धेरै पछुताएको हुनुपर्छ। तर, यो सत्य हो। 

ती व्यक्ति हुन्, रोनाल्ड वेन। उनी कम्पनीका ३ सहसंस्थापकमध्ये एक हुन्। तर, उनको बारेमा धेरै कम मानिसहरुलाई थाहा छ।

वेनले स्भिव वोज्नियाक र स्टिभ जब्ससँग मिलेर एप्पल इंकको सहस्थापना गरे। त्यतिबेला वोज्नियाक २१ वर्षका थिए र जब्स २५ वर्षका थिए भने वेन ४२ वर्षका थिए। अर्थात्, उनीँ यस सर्कलमा सबैभन्दा अनुभवी व्यक्ति थिए। 

वेनलाई कम्पनीको मेकानिकल इन्जिनियरिङ र डकुमेन्टेसनको जिम्मेवारी दिइएको थियो र त्यसको बदलामा उनले १० प्रतिशत सेयर पाएका थिए। सन् १९७६ अप्रिल १ मा वेनले टाइपराइटर उठाए र प्रत्येक व्यक्तिको जिम्मेवारी निर्धारण गर्ने सम्झौता गरे। यतिमात्र होइन उनले कम्पनीको पहिलो लोगो पनि डिजाइन गरेका थिए। 

कम्पनीको पहिलो लोगो आइज्याक न्युटनको तस्बिर थियो। यसमा उनी स्याउको रुखमुनि बसेका थिए। यो लोगोले न्युटनलाई गुरुत्वाकर्षण पत्ता लगाउन प्रेरित गरेको घटनाको वर्णन गरिरहेको थियो। तर, वेन चाँडै कम्पनीबाट निराश भए। व्यवसायका लागि कम्पनीले जतिसुकै ऋण लिन्छ, त्यो आफ्नो टाउकोमा जान्छ भन्ने लाग्न थाल्यो। 

जब्सले कम्पनीको पहिलो सम्झौताका लागि आपूर्तिहरु किन्नका लागि १५ हजार डलर ऋण लिए। कम्पनीको पहिलो सम्झौता बे एरिया कम्प्युटर स्टोर द बाइट शपबाट आएको थियो। उनले एप्पललाई करिब १०० कम्प्युटर अर्डर गरे। तर, द बाइट सप बिलहरु नतिर्ने मामिलामा बदनाम थियो। वेन चिन्तित थिए कि एप्पलले पनि पैसा पाउने छैन।

त्यसबेला जब्स र वोज्नियाकसँग पैसा थिएन भने वेनसँग घर र अन्य सम्पत्ति थिए। केही नराम्रो भयो भने अप्ठेरोमा पर्नेछ भन्ने वेनलाई लाग्यो। त्यसपछि केवल १२ दिनपछि वेनले आफ्नो नाम सम्झौताबाट हटाए र आफ्नो सेयर जब्स र वोज्नियाकलाई मात्र ८०० डलरमा बेचे। 

वेनको निर्णयले उनलाई महँगो पर्यो। यदि उनीसँग आज कम्पनीको १० प्रतिशत सेयर रहन्थ्यो भने यसको मूल्य ४ २६३ अर्ब डलर हुन्थ्यो। यसरी उनी संसारकै सबैभन्दा धनी व्यक्ति बन्ने थिए। 

ब्लूमबर्ग बिलियनेयर इन्डेक्सका अनुसार फ्रान्सेली व्यापारी बर्नार्ड अर्नाल्ट २०८ अर्ब डलरसहित विश्वको सबैभन्दा धनी व्यक्ति छन् भने टेस्लाका सीईओ एलन मस्क १७९ अर्ब डलरको सम्पत्तिसहित दोस्रो स्थानमा छन्।

अचम्मको कुरा त वेनलाई आफ्नो निर्णयमा कुनै पछुतो छैन। केही वर्षअघि बिजनेस इनसाइडरसँगको अन्तर्वार्तामा उनले एप्पलमा आफ्ना लागि कुनै विशेष सम्भावना नदेखिएको बताएका थिए। यद्यपि उनले भनेका थिए, ‘यदि म एप्पलमा बसेको भए म आज संसारको सबैभन्दा धनी व्यक्तिहरुको सूचीमा पर्ने थिएँ।’ –एजेन्सी