Prabhu Bank Limited
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले रसुवा जिल्लाको प्रमुख व्यापारिक केन्द्र तथा नेपाल–चिन बीचको नाका स्याफ्रुवेशीमा शाखा कार्यालय स्थापना गरी सोमबारदेखि सेवा सञ्चालनमा ल्याएको छ ।
सोमबार एक समारोहका बीच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले बैंकको स्याफ्रुवेशी शाखा कार्यालयको उद्घाटन गरे ।
गत वर्षको शक्तिशाली भूकम्पका कारण अतिप्रभावित जिल्ला रसुवामा बैंकको शाखा विस्तार भएको हुँदा सो क्षेत्रका स्थानीय तथा भूकम्पपीडितलाई सरकारी तथा गैरसरकारी निकायबाट उपलब्ध हुने राहात रकम तथा अन्य सुविधा रकम बैंक मार्फत भुक्तानी लिन सहज हुने बताइएको छ ।
रसुवा जिल्लाको स्याफ्रुवेशी चीनसँग जोडिएको प्रमुख व्यापारिक नाका हो । सो क्षेत्रमा बैंकको शाखा कार्यालय स्थापना भएको हुँदा व्यापारिक प्रयोजनका लागि सहज हुनुका साथै बैंकको शाखा कार्यालयबाट उपलब्ध हुने बैंकिङ्ग कारोबारले उक्त क्षेत्रमा व्यापारिक गतिविधिहरुमा वृद्धि हुने र दुई देशबीचको व्यापारमा समेत टेवा पुग्ने बैंकको विश्वास छ ।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago