काठमाण्डौ । राजनीतिक उथलपुथलका बीच पाकिस्तानको सेयर बजारमा ऐतिहासिक उछाल आएको छ । 

इमरान खानको पार्टी र संयुक्त विपक्षका बीच नेशनल एसेम्बलीमा जारी राजनीतिक तनावका बीच पाकिस्तानको सेयर बजार एकैदिन १७०० अंकले वृद्धि भएको हो । जुन एक दिनमा भएको अहिलेसम्मकै सबैभन्दा ठूलो वृद्धि हो । 

यसअघि पाकिस्तानको सेयर बजार पीएसएक्स इन्डेक्स सन् २०१७ जुन ५ मा १५६६ अंकले बढेको थियो । 

सेयर बजारका विज्ञहरुका अनुसार पाकिस्तानमा विकसित नयाँ राजनीतिक घटनाक्रमलाई सेयर बजारले स्वागत गरेको छ । 

कयौँ दिनदेखि चलिरहेको राजनीतिक अनिश्चितता अन्त्य भएसँगै लगानीकर्ताहरुको मनोबल उच्च हुँदा त्यसको प्रभाव सेयर बजारमा देखिएको विज्ञहरुले बताएका छन् ।