काठमाण्डौ । सप्तरी जिल्लाको सदरमुकाम राजविराज स्थित मालपोत कार्यालय परिसरमा बुधबारदेखि प्रभु बैंकको एक्स्टेन्सन काउण्टर कार्यालय सञ्चालनमा आएको छ । 

राजविराज नगरपालिकाका नगरप्रमुख शम्भुप्रसाद यादवले एक समारोहका बीच बैंकको एक्सटेन्सन काउण्टरको समुद्घाटन गरेका हुन् ।

बुधबारदेखि नै सञ्चालनमा आएको उक्त एक्सटेन्सन काउण्टरले मालपोत कार्यालयको कामको सिलसिलामा मालपोत कार्यालय राजविराजमा आउने सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध गराउन थालेको छ । 

बैंकको एक्स्टेन्सन काउण्टरले सेवाग्राहीहरुले मालपोत कार्यालयलाई बुझाउने राजश्व रकम संकलन गर्नेछ । 

मालपोत कार्यालय राजविराजको परिसरमा सञ्चालनमा आएको बैंकको एक्स्टेन्सन काउण्टरबाट मालपोत कार्यालयले बैंकिङ्ग प्रणालीमा प्रवेश गरेको छ । 

कामको सिसिलामा मालपोत कार्यालय, राजविराजमा आउने सबै सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकको दाबी छ ।