काठमाण्डौ । दशैं र तिहारमा पनि भन्सार गतिविधि बन्द नहुने भएकोले सरकारी राजश्व बुझ्ने बैंकहरुले सो अवधिमा समेत आफ्नो सेवा सुचारु गर्नुपर्ने नेपाल राष्ट्रबंैकले निर्देशन दिएको छ । 

बिहीबार एक निर्देशन जारी गर्दै केन्द्रीय बैंकले दशैं र तिहारमा पनि भन्सार कार्यालय खुल्ला रहने भएकोले त्यो बेला बैंक शाखा खुल्ला राख्नुपर्ने भनिएको हो । 

सो अवधिमा सरकारी राजश्व बुझ्ने बैंकका शाखा तथा काउन्टर खोल्नुपर्ने हुन्छ । दसैंको नवमी, दशमी र तिहारको भाइटिकाका दिन भने ती शाखा समेत बन्द गर्न पाइने सुविधा दिइएको छ ।