यूएई । सयुक्त अरब ईमिरेट्स युएईको विकशित प्रान्त दुवईको सरकारले राजश्व सँकलनको अर्को माध्यमको रुपमा नलेज दिराम फि र इनोभेसन दिराम फि मार्फत लाखौं रुपैया असुल गर्ने भएको छ ।
लोकप्रिय सरकारको नाममा मान्य रहेको दुवईले राजश्व संकलनका लागि यो बर्ष चालेको यो दोस्रो कदम हो ।
यसभन्दा पहिले जनवरी १ तारिखबाट लागू हुने गरी सेवा र उत्पादनका नाममा ५ प्रतिशत कर प्रणाली सुरु गरिसकेको छ । मंगलबार मात्र युएईका उपराष्ट्रपति तथा प्रधानमन्त्री साथै दुवईका रुलरको रुपमा रहेका सेख मोहम्मद विन रसिद अल मक्तुमले कानुन नम्बर १ , २०१८ र कानुन नम्बर २, २०१८ क्रमशः नलेज दिराम फि र इनोभेसन दिराम फि सम्बन्धी कानून जारी गरेका छन् । जारी कानून अनुसार सरकारबाट प्राप्त हुने सबै सेवामा प्रति ट्रान्जेक्सन १० दिरामका दरले नलेज दिराम फि र १० दिराम इनोभेसन दिराम फि थप तिर्नुपर्ने भएको छ ।
पारित कानुन दुवईको सरकारबाट सेवा लिने हरेक व्यक्ति तथा कम्पनीले सेवा लिंदा दुवै शुल्क थप गरी तोकिएको रकम तिर्नुपर्ने हुन्छ । जसअनुसार दैनिक सेवा लिने हजारौं सेवाग्राहीबाट यहाँको सरकारले लाखौं रकम असुल गर्ने छ ।
कानुन जारी गर्दै सेख मक्तुमले इनोभेसन दिर्हाम फि सर्बसाधारणको चासोका इनोभेटेट प्रोजेक्टमा लगाइने र त्यहाँ सर्वसाधारणले पनि आफ्नो स्वामित्व महसुस गर्ने बताएका छन् भने उनले इनोभेसनको नाममा सँकलित रकमलाई सही ठाउँमा सदुपयोग गर्ने इनोभेटिभ दिर्हाम इन्भेस्टमेन्ट समिति समेत बनाएर अघि बढ्ने बताएका छन् ।
नलेज दिराम फि भने कम्युनिटि सपोर्टिङ्ग शिक्षा तथा साँस्कृतिक प्रोजेक्टमा खर्च गरिने बताइएको छ । फिर्ता नहुने गरी सँकलन गरिने दुवै शुल्क ५० दिराम भन्दा कमको सेवामा तथा करको रकममा भने थप नहुने बताईएको छ । दुवर्ईको सरकारी सँस्थाबाट प्रदान गरिने स्वास्थ्य सेवामा तथा ट्राफिक जरिवानामा दुवै शुल्क नजोडिने बताईएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago