काठमाण्डौ । कोरोनाभाइरसले अर्थव्यवस्थामा पारेको असर र घट्दो राजस्वलाई ध्यानमा राखेर भारतको दिल्ली सरकारले पेट्रोल र डिजेलको मूल्य पनि बढाएको छ।
दिल्ली सरकारले मंगलबार पेट्रोल मूल्य लिटरमा भारु १.६७ रुपैयाँ र डिजेल लिटरमा भारु ७.१० रुपैयाँ बढाएको हो। राज्य सरकारले पेट्रोल र डिजेलमा भ्याट बढाएसँगै मूल्य पनि बढेको हो।
दिल्ली सरकारले पेट्रोलको भ्याट बढाएर २७ प्रतिशतबाट ३० प्रतिशत पुर्याएको छ। डिजेलमा १६.७७ प्रतिशतबाट बढाएर ३० प्रतिशत पुर्याइएको छ।
योसँगै दिल्लीमा अब पेट्रोल प्रतिलिटर भारु ७१.२६ र डिजेल भारु ६९.२९ पुगेको छ।
कोरोनाभाइरस रोकथामका लागि गत ४० दिन भारत लकडाउनमा थियो। यस्तोमा भारत सरकारको राजस्वमा निकै नोक्सानी भएको थियो।
यसैगरी दिल्ली सरकारले मदिरामा पनि ७० प्रतिशत कोराना विशेष शुल्क लगाउने निर्णय लागू गरिसकेको छ। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19