काठमाण्डौ । राधी विद्युत कम्पनीले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ। 

कम्पनी सञ्चालक समितिको मंगलबार (पुस ५ गते) बसेको बैठकले उक्त आर्थिक वर्षका लागि चुक्तापुँजीको कुल ५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। जसमा ४.७५ प्रतिशतले हुन आउने बोनस सेयर र ०.२५ प्रतिशतले हुन नआउने नगद लाभांश (कर प्रयोजनार्थ) छन्।

प्रस्तावित लाभांश अनुमोदन गर्न कम्पनीले वार्षिक साधारणसभा यही पुस २८ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको त्रिपुरेश्वस्थित कम्पनीको कार्यालयमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट हुनेछ। 

सभाले प्रस्तावित लाभांश अनुमोदन गर्नेका साथै नियमावलीमा संशोधन, वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदनलगायतका अजेन्डाहरु अनुमोदन गर्नेछ। 

नियामक निकायहरुको निर्देशनमा नियमावलीका प्रस्तावित संशोधनमा परिमार्जन तथा थपघट गर्न आवश्यक भएम सो गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। 

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १२ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।