काठमाण्डौ । राप्तिभेरी विकास बैंकका लगानीकर्ता मालामाल हुने भएका छन् । यो बैंकको हालै सम्पन्न विशेष साधारणसभाले बोर्ड बैठकबाट भएको २ सय प्रतिशत हकप्रद दिने निर्णयलाई पारित गरेपछि सेयरधनीहरु मालामाल बन्ने भएका हुन् । 

भदौ १७ गते शुक्रबारको दिन सम्पन्न विकास बैंकको विशेष साधारणसभाले १ बराबर २ को अनुपातमा हकप्रदको पूर्व घोषणालाई स्वीकृति दिएको हो । 

यो विकास बैंकको हाल चुक्तापूँजी १४ करोड ३७ लाख रुपैयाँ रहेको छ । हकप्रद निश्कासनपछि यो बैंकको चुक्तापुँजी ४३ करोड १२ लाख पुग्नेछ । 

यो बैंकले आर्थिक वर्ष २०७२/७३ को अवधिमा १ करोड ५० लाख खूद नाफा आर्जन गरेको थियो ।