काठमाण्डौ । सनराइज बैंक लिमीटेडले मंगलबार रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं २ बाम्तीभण्डारमा नयाँ शाखा बिस्तार गरेको छ । 

सो शाखाको उद्घाटन प्रतिनिधि सभाका सांसदद्वय जर्नादन शर्मा र श्यामकुमार श्रेष्ठ र बैंकका अध्यक्ष  मोतीलाल दुगडले संयुक्त रुपमा गरे ।

हाल सनराइज बैंकले मुलुकभर आफ्नो ८० वटा शाखा, ९४ वटा एटिएम, २० वटा शाखारहित बैंकिङ्ख सेवा र ३ वटा एक्सटेन्सन काउण्टरबाट आधुनिक बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।