काठमाण्डौ । राष्ट्रिय बिमा कम्पनी लिमीटेड र मुक्तिनाथ विकास बैंक लिमीटेडबीच व्यवसाय आदानप्रदानको सम्झौता भएको छ ।
नेपाल सरकारको स्वामित्वप्राप्त नेपाली बीमा क्षेत्रमा स्थापित राष्ट्रिय बीमा कम्पनी लिमिटेड र बैंक तथा वित्तिय क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउन सफल तथा विकास बैंकहरुको अग्रणी मुक्तिनाथ विकास बैंक लिमिटेडबीच असार २२ गते आइतबारका दिन सम्झौता भएको हो ।
सम्झौताअनुरुप कम्पनीले बैंक सम्बन्धी कार्य गर्नका लागि मुक्तिनाथ विकास बैंकलाई प्राथमिकता दिने तथा बैंकले आफ्नो सम्पत्ति तथा दायीत्वको बीमा गर्दा राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाई प्राथमिकता दिई गर्न लागिएको बताइएको छ ।
यसबाट बीमा कम्पनी तथा बैंकका कर्मचारी र ग्राहक दुवै लाभान्वित हुन सक्नेछन् । बीमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्याल तथा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले हस्ताक्षर गरेका थिए ।
मुक्तिनाथ विकास बैंकले देशैभर ११९ वटा शाखा, २५ वटा ए.टि.एम. र छलाख ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, मोबाइल बैंकिंङ्ग सुविधाका साथै देशैभर भिसा नेटवर्क अन्तर्गत रहेका एटीएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ ।
हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता सञ्चालनमा ल्याएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago