काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्ममा २२ करोड ४५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।
कम्पनीको सोमबार सार्वजनिक चौथो त्रैमास वित्तीय विवरणअनुसार यो बीमाशुल्क अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३५.६० प्रतिशतले कम हो। अघिल्लो वर्ष कम्पनीको खुद बीमाशुल्क आर्जन ३४ करोड ८७ लाख रुपैयाँ थियो।
समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय १२.१५ प्रतिशतले घट्दै २२ करोड ५५ लाख रुपैयाँमा सीमित बनेको छ। जुन अघिल्लो वर्षको सोही अवधिमा ३४ करोड ८७ लाख रुपैयाँ थियो।
त्यस्तै समीक्षा अवधिमा कम्पनीको खुद दाबीभुक्तानी पनि १४.६३ प्रतिशतले घट्दै ६ करोड ६ लाख रुपैयाँमा झरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो रकम ७ करोड १० लाख रुपैयाँ थियो।
समीक्षा अवधिमा कम्पनीको खुद मुनाफा पनि १८.२७ प्रतिशतले घटेको छ। यो अवधिमा कम्पनीले ६३ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्ष ७८ करोड १३ लाख रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा कम्पनीकोे व्यवस्थापन खर्च ६.३१ प्रतिशतले बढेको छ। कम्पनीको व्यवस्थापन खर्च १९ करोड १३ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको व्यवस्थापन खर्च १८ करोड रुपैयाँ थियो।
त्यस्तै समीक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार २९.०९ प्रतिशतले बढ्दै २ अर्ब २५ करोड रुपैयाँको उचाइमा पुगेको छ। बीमा कोषको आकार अघिल्लो वर्ष १ अर्ब ७४ करोड रुपैयाँको थियोे।
अघिल्लो आर्थिक वर्ष १५ हजार ६७५ वटा बीमालेख जारी गरेको कम्पनीले समीक्षा अवधिको वर्षमा १५ हजार ९३० वटा बीमालेख जारी गर्न सकेको देखिन्छ।
यस्तै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २३९.४९ रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) ३८.४१ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १२१३.२५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २०५७.०९ रुपैयाँ र तरलता अनुपात ३.८५ रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago