 
                     
                                
                             
                                    काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडमा रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को पदमा नियुक्तिका लागि सरकारले प्रक्रिया अगाडि बढाएको छ।
प्रमुख कार्यकारी अधिकृत पदको पदपूर्ति सिफारिस उपसमितिले आज एक सूचना प्रकाशित गरी दरखास्त आह्वान गरेको हो। इच्छुक व्यक्तिले यो सूचना प्रकाशित भएको १५ दिनभित्र दरखास्त दिन सक्नेछन्।
सीईओ पदमा दरखास्त दिनका लागि बीमा, व्यवस्थापन, वित्त, लेखा, अर्थशास्त्र, वाणिज्य शास्त्र, कानुन, गणित, तथ्यांक शास्त्र वा इन्जिनियरिङ विषयमा कम्तीमा स्नातकोत्तर वा सोसरहको शैक्षिक उपाधि हासिल गरेको हुनुपर्नेछ। यसका साथै व्यवस्थापक तहमा बीमा क्षेत्रमा भएमा कम्तीमा ५ वर्ष वा आर्थिक, बैंक वा वित्तीय क्षेत्रमा भए ८ वर्ष तथा दुवै क्षेत्रमा भए बीमामा १ वर्षको अनुभवसहित कम्तीमा ७ वर्षको अनुभव हासिल भएको योग्यता निर्धारण गरिएको छ।
चार्टर्ड अकाउन्टेन्सी वा व्यवस्थापन, बीमा, अर्थशास्त्र, वाणिज्य शास्त्र, तथ्यांक शास्त्र, लेखा गणित, व्यापार प्रशासन वा कानुन व्यवसायमा स्नातक उपाधि हासिल गरी कम्तीमा व्यवस्थापक तहमा बीमा क्षेत्रमा भए कम्तीमा १२ वर्षको अनुभव भएका व्यक्तिले पनि दरखास्त दिन सक्नेछन्।
स्नातक पास गरेका व्यक्तिले बैंक वा वित्तीय क्षेत्रमा १५ वर्ष तथा दुवै क्षेत्रमा भए बीमामा १ वर्षको अनुभवसहित कम्तीमा १३ वर्षको अनुभव भए पनि दरखास्त दिन योग्य मानिने सूचनामा उल्लेख छ।
दरखास्तसँगै व्यावसायिक कार्ययोजना (५००० शब्दमा नबढ्ने गरी) ४ प्रति बुझाउनुपर्ने छ। बहालवाला कर्मचारीले दरखास्त दिन चाहेमा अनिवार्य रुपमा सेवारत निकायबाट विभागीय स्वीकृति प्रदान गरिएको पत्रसमेत पेस गर्नुपर्नेछ।
सीईओ पदमा दरखास्त दिँदा दरखास्त बुझाउने अन्तिम दिनसम्म ६५ वर्ष ननाघेको हुनुपर्नेछ।
यसअघि राष्ट्रिय बीमा कम्पनीमा नेपाल सरकारका उपसचिव डा. डिल्लीराज अर्याल सीईओ थिए। उनलाई सरकारले फिर्ता बोलाएपछि सीईओ पद रिक्त रहेको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19