काठमाण्डौ । कोभिड संक्रमणको जोखिम बढ्न थालेपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई पूर्ण सजगताका साथ कारोबार सुचारु गर्न निर्देशन दिएको छ।
केन्द्रीय बैंकले आज क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुका लागि सूचना जारी गर्दै ४ बुँदे निर्देशन जारी गरेको हो। संक्रमणको जोखिमलाई न्यूनीकरण गर्दै आवश्यक स्वास्थ्य सतर्कतासहित बैंक तथा वित्तीय संस्थाको व्यावसायिक निरन्तरताको समेत सुनिश्चित गर्नुपर्ने भएकोले पूर्ण सजगताका साथ कारोबार सुचारु गर्न राष्ट्र बैंकले आग्रह गरेको छ।
राष्ट्र बैंकले नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गरी सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्क रहने जनशक्ति तथा सेवाग्राहीमा संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न आवश्यक उपायहरु अवलम्बन गर्न निर्देशन दिएका छन्।
सेवाग्राहीको भीडभाड नहुने तथा भौतिक दूरी कायम हुने व्यवस्था मिलाई सेवा प्रवाह गर्न पनि केन्द्रीय बैंकले निर्देशन दिएको छ।
यसैगरी बैंक तथा वित्तीय संस्थाद्वारा सञ्चालित एटीएम बुथहरुबाट हुन सक्ने संक्रमण जोखिम न्यूनीकरण गर्न ढोका खुला राखी स्यानिटाइजरलगायतका सामग्रीको व्यवस्था गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट सञ्चालन गरिने बैठक, गोष्ठी, सेमिनार, तालिमजस्ता कार्यक्रमहरुमा भौतिक दूरी सुनिश्चित गर्ने वा यस्ता कार्यक्रम सकभर भर्चुअल माध्यमबाट गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19