काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीयहरुलाई उपलब्ध गराउने कर्जाको ब्याजदर बढाएको छ।
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा भएको व्यवस्था कार्यान्वयन गर्नका लागि राष्ट्र बैंकले इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै २०७९ साल असार महिनादेखि लागू हुने गरी केन्द्रीय बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई उपलब्ध गराइने कर्जाको ब्याजदर बढाएको हो। जसअनुसार अब बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले ७ प्रतिशत ब्याजदरमा प्रचलित ऐनमा भएको व्यवस्थाअनुसार कर्जा उपलब्ध गराउनेछ। यसअघि कर्जाको ब्याजदर ५ प्रतिशत मात्रै थियो।
बैंक तथा वित्तीय संस्थाहरुले तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकबाट कर्जा लिने गरेका छन्। ब्याजदर बढेसँगै तरलता व्यवस्थापन गर्न बैंक तथा वित्तीयहरुलाई महँगो पर्ने भएको छ।
यसैगरी राष्ट्र बैंकले ब्याजदर करिडोरको माथिल्लो सीमाका रुपमा रहेको स्थायी तरलता सुविधा दर ७ प्रतिशत, तल्लो सीमाका रुपमा रहेको निक्षेप संकलन दर ४ प्रतिशत र नीतिगत दरका रुपमा रहेको रिपो दरलाई ५.५ प्रतिशत कायम गरेको छ । यसअघि ब्याजदर करिडोरको माथिल्लो सीमाका रुपमा रहेको स्थायी तरलता सुविधा दर ५ प्रतिशत, तल्लो सीमाका रुपमा रहेको निक्षेप संकलन दर २ प्रतिशत र नीतिगत दरका रुपमा रहेको रिपो दरलाई ३.५ प्रतिशत थियो।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19