काठमाण्डौ । नेपाल राष्ट्र बैंकलाई आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति ल्याउने बाटो खुलेको छ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष मौद्रिक नीतिको ब्रिफिङ गरेका छन्। योसँगै राष्ट्र बैंकलाई मौद्रिक नीति ल्याउने बाटो खुुलेको हो।
राष्ट्र बैंक स्रोतका अनुसार मौद्रिक नीतिको ब्रिफिङ गर्न गभर्नर अधिकारी एक्लै बालुवाटार पुगेका थिए। ‘बालुवाटारमा प्रधानमन्त्री र गभर्नरबीच के–कस्ता कुरा भए, त्यो थाहा हुन सकेको छैन’, स्रोतले भन्यो, ‘अब राष्ट्र बैंकको बोर्ड बैठक बसेपछि मात्रै प्रधानमन्त्रीबाट प्राप्त सुझाव थाहा होला।’
अब राष्ट्र बैंकको व्यवस्थापन समितिमा मौद्रिक नीतिको फाइनल ड्राफ्टका विषयमा छलफल हुने स्रोत बताउँछ। ‘त्यसपछि राष्ट्र बैंकको बोर्ड बैठक पेस हुन्छ र त्यहाँबाट पारित भएपछि सार्वजनिक गरिन्छ’, स्रोतले भन्यो।
यदि राष्ट्र बैठकले मौद्रिक नीति पास गरेमा भोलि शुक्रबार नै सार्वजनिक हुने राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए।
यसअघि गभर्नर अधिकारीले मौद्रिक नीति शुक्रबार सार्वजनिक हुने बताइसकेका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19