काठमाण्डौ । नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय कारोबार रिर्पोटिङ प्रणाली (आईटीआरएस)सम्बन्धी निर्देशिका–२०२२ जारी गरेको छ। 

केन्द्रीय बैंकले इजाजतपत्रप्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरु तथा पूर्वाधार विकास बैंकका लागि यो निर्देशीका जारी गरिएको जनाएको छ। २०८० साउनदेखि पूर्ण रुपमा कार्यान्वयनमा आउने गरी ‘इन्टरनेसनल ट्रान्ज्याक्सन रिपोर्टिङ सिस्टम (आईटीआरएस) गाइडलाइन्स–२०२२’ जारी गरिएको राष्ट्र बैंकले जनाएको छ। 

उक्त समयसम्मका लागि शोधनान्तर नया संकलन निर्देशिका, २०६१ समेतको आधारमा समानान्तर रुपमा शोधानान्तर तथ्याङ उपलब्ध गराउनुुपर्ने राष्ट्र बैंकको भनाई छ।