– रेखा चन्द
काठमाण्डौ। नेपालको अर्थतन्त्रमा सुुधारको संकेत देखिएको छ।
नेपालीको महान चाड दसैँतिहार नजिकिएसँगै आर्थिक क्रियाकलाप बढ्न थालेपछि सम्रग अर्थतन्त्रमा सुुधारको संकेत देखिन थालेको हो। रेमिटयान्स बढ्नुु, निर्यात बढ्नुु, आयात घट्नुु, विलासिताका वस्तुु आयातमा गरिएको कडाइ, डलर कार्डमा गरिएको कडाइलगायतले अर्थतन्त्रमा सुुधार आउन लागेको हो।
सामान्यतया दसैँतिहारका बेला विदेशमा रहने नेपालीले अरु बेलाभन्दा बढी रकम नेपाल पठाउने हुँदा रेमिट्यान्स बढ्ने गर्छ। जसले अर्थतन्त्र सकारात्कम दिशातर्फ लैजाने गर्दछ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा ४.८ प्रतिशतले बढेर १० खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। जुुन जेठ मसान्तमा भने ३.८ प्रतिशतले वृद्धि भई ९ खर्ब ४ अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो। अघिल्लो आर्थिक वर्षको असार मसान्तमा रेमिट्यान्स ९.८ प्रतिशतले बढेको थियो।
राष्ट्र बैंकका अनुुसार रेमिट्यान्स बढ्ने क्रम जारी रहेको छ।
यस्तै सरकारले केही दिनअघि गत वैशाखदेखि १० वस्तुको आयात बन्देज लगाएकोमा ६ वटा वस्तुुको आयात खुुकुुलो पार्दै बाँकी ४ वस्तुको आयातलाई असोज २८ गतेसम्म प्रतिबन्ध लगाएको छ। सरकारले चाडपर्वको बेला सबैको प्रतिबन्ध खोल्दा विदेशी मुुद्रा सञ्चितीमा दबाब पर्ने गरी ठूुलो रकम बाहिरिने हुँदा केही वस्तुमा खुुकुुलो गर्दै केहीलाई प्रतिबन्धमा निरन्तरता दिएको हो। चुरोट तथा सूर्तीजन्य वस्तु, तास, खेलौना, कुरकुरे–कुरमुर–रलेज, रंगीन टीभी, हिराको आयात खुलाएको सरकारले तयारी मदिरा, जिप, कार र भ्यान, मोटरसाइकल (१५० सीसीमाथिका), स्मार्ट फोनको आयात बन्देजलाई निरन्तरता दिएको छ।
गत वर्षदेखि नै अर्थतन्त्रमा संकट देखिन थालेपछि राष्ट्र बैंकले अर्थतन्त्र ट्रयाकमा ल्याउन विभिन्न वित्तीय औजार प्रयोग गर्दै आएको छ। झन्डै ४ महिनाअघि विलासिताका वस्तुुको आयातमा कडाइ गरेपछि विदेशी मुद्रा सञ्चितिमा सुधार आएको हो।
राष्ट्र बैंकका अनुुसार २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड कायम रहेकोमा जेठ मसान्तमा ११ खर्ब ७६ अर्ब ८४ करोड रुपैयाँ राबरको विदेशी मुद्रा सञ्चिति कायम भएको थियो।
त्यसैगरी राष्ट्र बैंकले गत भदौ १४ गते एक निर्देशन जारी गर्दै प्रिपेड डलर कार्डमार्फत १८ वस्तु तथा सेवाको भुक्तानी नगर्न निर्देशन दिएको थियो। राजनीतिक संस्था, धार्मिक संस्था, सट्टेबाजी, चिट्ठा, पीओई फन्डिङ, जुवा, रियलस्टेट एजेन्टलाई भाडालगायत १८ शीर्षकअन्तर्गतका वस्तु तथा सेवामा डलर कार्डमार्फत भुक्तानी गर्न नपाइने व्यवस्था राष्ट्र बैंकले गरेको हो। यसले पनि केही हदसम्म अर्थतन्त्र सुुधारमा सघाउ पुुर्याउँछ।
चालुु आर्थिक वर्षको मौद्रिक नीति ल्याउनुुअघिसम्म देश आर्थिक संकटतर्फ जाँदै गरेको संकेत गरेका राष्ट्र बैंकका अधिकारीहरु अहिले अर्थतन्त्रमा सुुधार आइरहेको धारणा व्यक्त गरिरहेका छन्। मौद्रिक नीतिअगाडि सार्वजनिक कार्यक्रममै गभर्नर महाप्रसाद अधिकारीले देश संकटतर्फ जान लागेको बताउँदै आएका थिए। तर, गभर्नर अधिकारीले गत शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा पछिल्लो समय श्रम बजार खुल्दै गएको, रेमिट्यान्स बढेको तथा विदेशी पर्यटक आगमनमा सुधार देखिएकाले मुलुकको अर्थतन्त्र सही दिशामा अघि बढिरहेको बताएको थिए।
सोही कार्यक्रममा अर्थमन्त्री जर्नादन शर्मालेसमेत मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्किरहेको बताएका थिए। मन्त्री शर्माले सरकारले समयमै होसियारी अपनाएका कारण अर्थतन्त्रले लय लिइरहेको दाबीसमेत गरेका थिए। उनका अनुुसार चाडपर्व सुरु भएसँगै विप्रेषण बढेको र त्यसले देशको अर्थतन्त्र बलियो हुँदै गएको छ।
राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेल असार मसान्तसम्म विभिन्न सूचकमा सुधार आइसकेको र पहिलेको जसरी अर्थतन्त्र नबिग्रने बताउँछन्। ‘हामीले असार मसान्तसम्मलाई मात्रै हेर्दा पनि विभिन्न सूचकमा सुधार आइसकेको छ। निर्यात बढेको छ, रेमिट्यान्समा सुुधार आएको छ’, उनले भने, ‘विलासिताका वस्तु आयातमा लगाइएको प्रतिबन्ध कायमै छ। त्यसैले अर्थतन्त्र सुुधारको बाटोमा त छँदैछ तर पनि अवस्था पहिलाको जस्तो हुुँदैन।’
पोखरेलका अनुुसार चाडपर्वको मुुखमा रेमिट्यान्समा बढ्ने हुँदा अर्थतन्त्रममा अझै सुुधार आउनेछ।
यस्तै पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप पनि बढिरहेको छ। एक सातामा वाणिज्य बैंकहरुमा ११ अर्ब रुपैयाँले निक्षेप बढेको छ। नेपाल बैंकर्स एसोसिएसन (एनबीए) का अनुसार भदौ ११ गतेदेखि भदौ १७ गतेसम्ममा वाणिज्य बैंकहरुको निक्षेप ११ अबै रुपैयाँले बढेर कुल निक्षेप ४४ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ। सो अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी पनि १ अर्ब रुपैयाँले बढेको छ।
गत भदौ १० गतेसम्म कुल कर्जा लगानी ४१ खर्ब ० अर्ब रुपैयाँ रहेकोमा भदौ १७ गतेसम्म बढेर ४१ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको छ।
राष्ट्र बैंकको तथ्यांकअनुसार भदौ १८ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५० खर्ब ३५ अर्ब रुपैयाँ पुगेको छ भने कुल कर्जा लगानी ४७ खर्ब १० अर्ब रुपैयाँ रहेको छ। बैंक तथा वित्तीय संस्थाहरुको औसत सीडी रेसियो ८८.२० प्रतिशत रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19