काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था आपसमा मर्जर र एक्विजिसनसम्बन्धी विनियमावलीमा पाँचौँ संशोधन गरी आज जारी गरेको छ।
केन्द्रीय बैंकले ‘बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने, गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियमावली, २०७३’मा पाँचौँ संशोधन गर्दै जारी गरेको हो।
राष्ट्र बैंकले यसअघिको चौथो संशोधनका केही दफामा हेरफेर गर्दै पाँचौँ संशोधन गरी विनियमावली जारी गरेको छ। नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी पाँचौँ संशोधन गरेको राष्ट्र बैंकले जनाएको छ।
अब नयाँ संशोधित विनियमावलीबमोजिम गर्न गराउन पनि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago