काठमाण्डौ । नेपाल राष्ट्र बैंकले कुमारी बैंकले आर्थिक वर्ष २०७८-७९ का लागि प्रस्ताव गरेको लाभांश स्वीकृत गरेको छ।
केन्द्रीय बैंकले कुमारी बैंकको आर्थिक वर्ष २०७८-७९ को वित्तीय विवरण र प्रस्तावित लाभांश स्वीकृत गरेको हो। राष्ट्र बैंकबाट लाभांशको स्वीकृति पाउने कुमारी बैंक दोस्रो बैंक हो।
बैंकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई चुक्तापुँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार ३२६ रुपैयाँको १२.५० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकले यसपालि बोनस सेयर वितरण गर्ने प्रस्ताव नगरिएको जनाएको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत भएसँगै अब आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरेपछि विवरण गरिने जनाएको छ।
आफ्ना देशव्यापी १९८ शाखा सञ्जाल, १९५ एटीएम, ५४ शाखारहित बन्किंग इकाइ तथा ३४ एक्टेन्सन काउन्टरमार्फत अत्याधुनिक वितिय सेवा सुविधा दिदै आएको कुमारी बैंकले आगामी दिनमा पनि झन प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबदता जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19