काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा साढे १ खर्ब रुपैयाँ बढीको ट्रेजरी बिल जारी गरेको छ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ खर्ब ६७ अर्ब १० करोड ३२ लाख रुपैयाँबराबरको ट्रेजरी बिल जारी भएको हो। साउन महिनामा राष्ट्र बैंकले ५६ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गरेकोमा भदौमा ३१ अर्ब ६२ करोड ३२ लाख रुपैयाँ बराबरको जारी भएको थियो। यस्तै राष्ट्र बैंकले असोजमा भने ७९ अर्ब ४८ करोड रुपैयाँको टे«ेजरी जारी गरेको छ।
केन्द्रीय बैंकले १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउने गरी २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिल जारी गर्दै आएको छ।
ट्रेजरी बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ। बोलकबोलमा सबैभन्दा बढी मुुल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ।
कुुल १ खर्ब ६७ अर्ब १० करोड ३२ लाख रुपैयाँमध्येको ट्रेजरीमा राष्ट्र बैंकले ४४ अर्ब ४६ करोड ५ लाखको खरिद गरेको छ। बाँकी रहेको ट्रेजरी बैंक तथा वित्तीय संस्थाहरुले नै नवीकरण गरेका छन्।
चालुु आर्थिक वर्ष पहिलो महिनामै बैंक तथा वित्तीय संस्थाले ट्रेजरीमा १४ प्रतिशतसम्म ब्याजदर माग गरेपछि राष्ट्र बैंकले खरिद गर्न सुरु गरेको थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago