काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालुु आर्थिक वर्षको २ महिनामा १७ खर्ब ८० अर्ब २ करोड रुपैयाँ तरलता प्रवाह गरेको छ।
बैंक तथा वित्तीय संस्थाहरुमा देखिएको तरलताको समस्यालाई समाधान गर्न राष्ट्र बैंकले साउन र भदौमा उक्त रकमबराबरको तरलता पठाएको हो। देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै केन्द्रीय बैंंकले यस्तो जानकारी दिएको हो।
राष्ट्र बैंकका अनुुसार समीक्षा अवधिमा रिपोमार्फत १ खर्ब ११ अर्ब ५७ करोड रुपैयाँ, सोझै खरिद बोलकबोलमार्फत १४ अर्ब ८५ करोड रुपैयाँ र स्थायी तरलता सुविधामार्फत १६ खर्ब ५३ अर्ब ६० करोड रुपैयाँ बैंकिङ प्रणालीमा पठाइएको हो।
यता आर्थिक वर्ष २०७८–७९ को सो अवधिमा गत वर्षको सोही अवधिमा रिपोमार्फत ७० अर्ब रुपैयाँ र स्थायी तरलता सुविधामार्फत ३ खर्ब ५२ अर्ब २९ करोड गरी कुल ४ खर्ब २२ अर्ब २९ करोड रुपैयाँ मात्र तरलता प्रवाह गरिएको थियो।
उक्त समयमा रिभर्स रिपोमार्फत २८ अर्ब ३५ करोड र निक्षेप संकलन उपकरणमार्फत ३१ अर्ब ६५ करोड गरी कुल ६० अर्ब तरलता प्रशोचन गरिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19