काठमाण्डौ । नेपाल राष्ट्र बैंकको वेबसाइट शुक्रबार बिहानैदेखि चलेको छैन।
बैंक तथा वित्तीय संस्थाहरुका साथै अन्य महत्वपूर्ण सूचक तथा सूचनाहरु हेर्न दैनिकजसो राष्ट्र बैंकको वेबसाइट भिजिट गर्नेहरु वेबसाइट नचल्दा हैरान भएका छन्। विशेषगरी बैंक तथा वित्तीय संस्थाहरुको कर्जा तथा निक्षेपको अवस्था, विभिन्न निर्देशन तथा सूचना, विदेशी मुद्राको विनिमय दरलगायतका विषयमा जानकारी लिन आमसर्वसाधारणदेखि उद्योगी–व्यवसायी एवं बैंक तथा वित्तीय संस्थाहरुले दैनिकजसो राष्ट्र बैंकको वेबसाइट हेर्ने गर्छन्।
बिहान १० बजेसम्म राष्ट्र बैंकको वेबसाइट चलेको थियो। त्यसपछि भने एकाएक डाउन भएको राष्ट्र बैंकको वेबसाइट यो समाचार तयार पार्दासम्म चलेको छैन।
त्यसो त महत्वपूर्ण तथ्यांक पनि अपडेट गर्नमा ढिलाइ गर्दै आएको राष्ट्र बैंकको वेबसाइट दिनभर नचल्दा पनि त्यहाँका अधिकारीहरुलाई भने यस विषयमा जानकारी नभएको पाइएको छ। त्यहाँ ३–४ जना अधिकारीहरुलाई फोन गर्दा वेबसाइट नचलेको विषयमा आफूहरुलाई थाहै नभएको बताए। ‘यो आईटी शाखाले हेर्ने हो, उतै फोन गर्नुहोस्’, एक उच्च अधिकारीले भने।
तर, आईटी शाखामा पटक–पटक फोन गर्दा पनि उठेन।
बिजशालासँग कुरा गर्दै राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले आफू अहिले बाहिर रहेकोले वेबसाइट नचलेको विषयमा थाहै नभएको बताए। ‘आज बिहान त चलेको थियो, अहिले किन चलेन थाहा भएन’, उनले भने, ‘यस विषयमा आईटी शाखालाई जानकारी गराउनेछ।’
बैंक तथा वित्तीय संस्थाहरुको नियमन गर्ने राष्ट्र बैंकको दिनभर वेबसाइट नचल्नुको समस्या पत्ता लगाउन आईटी शाखाका कर्मचारीहरु नै असफल भएको राष्ट्र बैंक स्रोत बताउँछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago