काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज बुधबार २० अर्ब रुपैयाँबराबरको ऋणपत्र बोलकबोलमार्फत बिक्री खुलाएको छ।
राष्ट्र बैंकले १० वर्षे अवधिको विकास ऋणपत्र २०८७ ‘घ’ बोलकबोलमार्फत बिक्री खुलाएको हो। यो ऋणपत्रमा आउँदो आज दिउँसो २ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ प्रणालीमार्फत इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलपत्र पेस गर्न सक्नेछन्।
लगानीकर्ताले घटीमा ५० हजार रुपैयाँ र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जान अंकमा बोलपत्र पेस गर्नुपर्नेछ। यो ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाका रुपमा मात्र भाग लिन सक्नेछन्। राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका वित्तीय संस्थाले अप्रतिस्पर्धीका रुपमा भाग लिन पाउने छैनन्।
प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात १७ अर्ब र ३ अर्ब रुपैयाँ छुट्याइएको छ। अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउन रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिनेछ।
यो ऋणपत्रको निष्कासन २०७७ कात्तिक २० गते हुनेछ। साँवा भुक्तानी २०८७ असोज २० गते हुनेछ। ब्याज भुक्तानी भने अर्धवार्षिक रुपमा हुने र आर्जिक ब्याजमा ब्याजकर लाग्नेछ। ब्याजदर भने बोलकबोलका माध्यमबाट निर्धारण हुनेछ।
धितोपत्र दोस्रो बजारमा कारोबार हुने यो ऋणपत्र धितो राखी कर्जा लिनरदिन पाइनेछ।
थप जानकारीका लागि यो सूचना हेर्नुहोस् –
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago