काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज दिउँसो पत्रकार सम्मेलन गर्ने भएको छ।
राष्ट्र बैंकले दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्ने भएको हो। पत्रकार सम्मेलन भर्चुअल माध्यमबाट गरिने राष्ट्र बैंकले जनाएको छ।
समसामयिक वित्तीय तथा बैंकिङ विषयमा केन्द्रित रहेर पत्रकार सम्मेलन आयोजना गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ।
पछिल्लो समय चालुपुँजी कर्जा र ब्याजदरका विषयमा राष्ट्र बैंकले चर्को आलोचना खेपिरहेको छ। आज बिहान पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालुवाटारमा अर्थमन्त्री विष्णु पौडेल र गभर्नर महाप्रसाद अधिकारीसँग भएको छलफलमा ब्याजदर घटाउन र तरलता सहज बनाउन मौद्रिक नीतिमा सुधार गर्न निर्देशन दिएका थिए।
यिनै विषयमा पत्रकार सम्मेलनमा राष्ट्र बैंकले जानकारी गराउन सक्ने बताइएको छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19