काठमाण्डौ । अर्थ मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यका रुपमा सपथ लिएका छन्।
सर्वोच्च अदालतमा आज आयोजित एक कार्यक्रममा कायममुकायम प्रधानन्यायाधीश कार्कीले पोखरेललाई पद तथा गोपनीयताको सथप ग्रहण गराएका हुन्। नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ। सोही ऐनको दफा १०८ (१) मा बैंकका सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष सपथ लिनुपर्ने व्यवस्था छ।
सपथ ग्रहण कार्यक्रममा सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुँवर, रजिस्ट्रार नारायणप्रसाद पन्थी, सहरजिस्ट्रार नारायणप्रसाद रेग्मी, राष्ट्र बैंकका निर्देशक एवं सञ्चालक समितिका सचिव मुक्तिनाथ सापकोटालगायतका अधिकारीको उपस्थिति थियो।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19