काठमाण्डौ । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रभु बैंकले प्रस्ताव गरेको लाभांश स्वीकृत गरेको छ।

राष्ट्र बैंकबाट हिजो मंगलबार प्रस्तावित लाभांश स्वीकृति गरेको जानकारी प्राप्त भएको प्रभु बैंकले जनाएको छ। 

प्रभु बैंकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको १० प्रतिशतले हुन आउने १ अर्ब ३ करोड १५ लाख ५० हजार ६६३ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक ०.५२६३ प्रतिशतले हुन आउने ५ करोड ४२ लाख ९२ हजार १४१ रुपैयाँबराबर नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। 

यो प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत भएपछि अब बैंकको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ।