काठमाण्डौ । बैंकिङ प्रणाली अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज बजारबाट फेरि २० अर्ब रुपैयाँ तानेको छ।
निक्षेप संकलन उपकरण प्रयोग गर्दै केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ तानेको हो। यसका लागि राष्ट्र बैंकले आज दिउँसो ३ बजे बोलकबोल गरेको थियो। बोलकबोलका क्रममा १३ वटा बैंक तथा वित्तीय संस्थाले ७३ वटा बोलपत्रमार्फत ३० अर्ब ३० करोड रुपैयाँको आवेदन दिएका थिए। बोलकबोलमार्फत ३.८३ प्रतिशत औसत ब्याजदर कायम भएको छ।
यो १९ दिने निक्षेप संकलन उपकरण हो। राष्ट्र बैंकले साउन २६ गते साँवा तथा ब्याज भुक्तानी गर्नेछ।
यसअघि असारमै ५ पटकसम्म रिभर्स रिपो जारी गर्दै केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट ९० अर्ब रुपैयाँ तानिसकेको छ। बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले विभिन्न उपकरण प्रयोग गरी तरलता प्रशोचन गर्ने गर्छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago