काठमाण्डौ । नेपाल राष्ट्र बैंकका सहप्रवक्ता एवं सूचना अधिकारी फेरिएका छन्।
राष्ट्र बैंकले साउन १७ गतेदेखि लागू हुने गरी सहप्रवक्ता एवं सूचना अधिकारीको जिम्मेवारी डा डिल्लीराम पोख्रेललाई प्रदान गरेको छ। पोख्रेल राष्ट्र बैंक गभर्नरको कार्यालयका निर्देशक हुन्।
पोख्रेल २०५८ सालदेखि राष्ट्र बैंकमा आबद्ध छन्। उनले जापानको ओसाका साङग्यो विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि उपाधि हासिल गरेका छन्।
यसअघि राष्ट्र बैंकको सहप्रवक्ता एवं सूचना अधिकारीमा नारायणप्रसाद पोखरेल थिए। उनलाई राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागमा सरुवा गरिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago